Logo

सडकमा अब नेपाली इन्जिनियरका ट्राफिक लाइट

सडकमा अब नेपाली इन्जिनियरका ट्राफिक लाइट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा नयाँ ट्राफिक लाइट जडान गर्ने भएको छ । उपत्यकाका अधिकांश ट्राफिक लाइटले काम नगरको भन्दै नयाँ जडानको प्रक्रिया शुरु गरेको महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत धनीराम शर्माले बताए ।
हाल जडित ट्राफिक लाइट सडक विभाग अन्तर्गत पर्छ ।

सडक विभागले जडन गरेको अधिकांश बत्तीले काम नगरेको भन्दै महानगरले नयाँ सडक बत्ती जडानको प्रस्ताव गरेको थियो । त्यसमा विभागले सहमती दिएपछी प्रक्रिया थालेको उनले जानकारी दिए ।

हलका सडक बत्तीहरु पुरानो प्रविधिमा आधारित छन् । विभागले लामो समयदेखि नयाँ प्रविधिमा आधारित बत्ती राख्ने भनेपनि काम अघि बढेको थिएन ।

महानगरपालिकाले स्थानीय प्रविधिमा आधारित सडक बत्ती जडान गर्न लागेको हो । स्थानीय युवा इन्जिनियरहरुद्धारा निर्माण गरिएको बत्ती जडान गर्न लागिएको उनले जानकारी दिए । जुन फुल अटोमेटिक र माष्टर कन्ट्रोल रुमबाट कन्ट्रोल गर्न सकिन्छ ।

ती युवा इन्जिनियरहरुलाई लाइट निर्मित प्रविधिको प्रविधि तथा डिटेल डिजाइन मगाएको उनले जानकारी दिए । त्यसपछी खरिद प्रक्रिया अघि बढाइने छ ।

शुरुमा पाइलट प्रोजेक्टका रुपमा नारायणगोपालचोक तथा बानेश्वरमा राखिने छ । यो प्रविधि प्रभावकारी भएको अवस्थामा सडकसँग सहमती लिएर अन्य स्थानमा पनि जडान गरिने शर्माले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL