Logo

रोमिङ शुल्क घटाउन टेलिकम र ओरिडुबीच सम्झौता, जनवरीबाट कार्यान्वयन

रोमिङ शुल्क घटाउन टेलिकम र ओरिडुबीच सम्झौता, जनवरीबाट कार्यान्वयन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकम र कतारको टेलिकम अपरेटर ओरिडु कतारबीच रोमिङ शुल्क घटाउने विषयमा सम्झौता भएको छ । यी दुई कम्पनीबीच कतारमा भएको दुईपक्षीय बैंठकमा उक्त सम्झौता भएको हो । उक्त सम्झौतामा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र ओरिडु कतारका ओजीएस कार्यकारी प्रमुख खालिद अल मन्सोउरीले हस्ताक्षर गरेका हुन् ।

ooredoo_telecom_agrement
जसअनुसार अवका दिनमा नेपाल टेलिकमको सिमबाट कतारमा फोन गर्दा वा कतारमै गएर गर्दा लाग्ने शुल्कमा भारी गिरावट हुने टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । ‘दुई कम्पनीबीच हालको रोमिङ शुल्क उच्च रुपमा घटाउने सम्बन्धी सम्झौता भएको हो,’ उनले भने, ‘तर, कति घटाउने भन्ने विषयमा हाल दुवै कम्पनीले आ–आफ्नै तरिकाबाट छलफल भइरहेको र केही समयभित्रै टुङ्गो लाग्नेछ ।’

हाल नेपाल टेलिकमको सिम कतारमा लगेर प्रयोग गर्दा कतारको लोकल फोनमा कुरा गर्दा प्रति मिनेट १ सय ६० रुपैयाँ लाग्ने गरेको छ भने नेपालको फोन त्यहाँ उठाउँदा प्रतिमिनेट ३ सय ४५ रुपैयाँ र कतारबाट नेपाल फोन गर्दा २ सय ५ रुपैयाँ लाग्दै आएको छ । हाल उरेडुसँग भएको सम्झौतासँगै उक्त शुल्कमा उल्लेख्य रुपमा गिरावट आउने बैद्यले बताइन् ।

सो अवसरमा नेपाल टेलिकमका सञ्चालक सदस्य राजीव गौतम, कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र उपप्रबन्धक तथा सहप्रबक्ता शोभन अधिकारी एवं ओरिडुका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL