Logo

सुनको मूल्य २ लाख १० हजार माथि, एकैदिन २५ सयको वृद्धि

सुनको मूल्य २ लाख १० हजार माथि, एकैदिन २५ सयको वृद्धि



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लचख ७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकैदिन प्रतितोला २ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै २ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्