Logo

फोरजी संचालनमा प्राधिकरणको ताकेता, तोकिएको समयमा सेवा दिइने टेलिकमको दावी

फोरजी संचालनमा प्राधिकरणको ताकेता, तोकिएको समयमा सेवा दिइने टेलिकमको दावी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फोरजी संचालनको को प्रगती विवरण माग गर्दै पत्राचार गरेको छ । टेलिकमले फोरजी सञ्चालनका लागि के–कस्ता तयारी गरेको छ भन्ने जानकारीसहित विवरण माग गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘टेलिकमले जनवरी १ बाट फोरजी सञ्चालनमा ल्याउने गरी व्यवसायीक योजना पेश गरेको थियो,’ अर्यालले भने, ‘सोही अनुसरार काम भएनभएको जानकारी लिन पत्राचार गरेका हौं ।’

उनका अनुसार प्राधिकरणले पाँच दिन अघि पत्राचार गरेको हो । तर टेलिकमले हालसम्म विवरण नबुझाएको अर्यालले जानकारी दिए ।

यता टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भने प्राधिकरणलाई विवरण बुझाउने तयारीमा रहेको बताइन् । ‘प्राधिकरणले पठाएको पत्र पाएका छौं,’ उनले भने, ‘एक दुई दिनमा विवरण पेस गर्ने छौं ।’ हाल टेलिकम तोकिएको समयभित्र फोरजी सञ्चालनका लागि आवश्यक प्रक्रिाहरु अघि बढाइरहेको उनले जानकारी दिइन् ।
टेलिकमले फोर जी सेवाका लागि हुवावेसँग कार्ड र सफ्टवेयर अर्डर गरिसकेको प्रवक्ता प्रतिभा बैद्यले बताइन् । उनका अनुसार फोरजी सञ्चालनका लागि आवश्यक अन्य उपकरण टेलिकमले हुवावेसँग खरिद गरिसकेको छ । फोरजी सञ्चालनको अनुमति पाएसँगै अन्य प्रक्रिया पुरा गरिसकेकोले पुसभित्र सेवा शुरु गर्ने उनले बताइन् ।

साथै प्राधिकरणले उपलब्ध गराएको १५०० मेगाहर्ज मध्ये ५ मेगाहर्जमा फोरजी सञ्चालन गरिने बताइएको छ । वैद्यका अनुसार पुसको पहिलो साताभित्र काठमाडौं र पोखराको शहरी भागमा फोरजी सेवा सञ्चालन गरिने छ । त्यसपछि विस्तारै अन्य शहरी क्षेत्रमा फोरजी उपलब्ध गराइने उनले जानकारी दिए । अधिकांश प्रयोगकर्ताको मोवाइल फोरजी सपोर्ट नगर्ने भएकोले शुरुमा शहरी भेगमा सो सेवा उपलब्ध गराउन लागेको उनले जानकारी दिए ।

टेलिकमले नेपालमा पहिलो पटक फोरजी सञ्चालनको अनुमती पाएको हो । प्राधिकरणले फ्रिक्वेन्सी बाँडफाड सम्बन्धी संसोधन नीति अनुसार टेलिकमलाई १८ सय व्याण्डमा प्रविधि तटस्थ अनुसार फोरजी संचालन अनुमति दिइएको हो ।

त्यस्तै प्राधिकरणमा एनसेल र स्मार्टसेलले पनि फोरजी सञ्चालनका लागि आवेदन दिइसकेको छ । लाभकर नतिरेसम्म अनुमति नदिने भन्दै एनसेललाई फोरजीको अनुमति दिइएको थिएन । तर तिहारको विदाअघि प्राधिकरणले एनसेललाई फोरजी सञ्चालनका लागि रोलआउट प्लान मागेको हो । त्यस्तै यता सरकारले गत असारमा फ्रिक्वेन्सी नीति संशोधन गर्दै पुरानै व्याण्डमा फोरजी चलाउन दिने भएपछि स्मार्ट सेलले पनि अनुमति मागेको हो । यी दुईलाई दिने नदिने बारे हाल छलफल भइरहेको उनले बताए ।

फोरजी प्रविधिमा उपभोक्ताले उच्च गतिको इन्टरनेट र इन्टरनेटमा आधारित टेलिफोन (आईपी टेलिफोन ) सेवा चलाउन सक्नेछन् । । त्यसैगरी इन्टरनेटमा आधारित टेलिफोन (आईपी टेलिफोन ) सेवा, गेमिङ उच्च डेफिनेसनको भिडियो सेवा, भिडियो कन्फ्रेरेन्सिङ लगायतका सेवा समेत चलाउन सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL