Logo

मेची भन्सारको राजस्व बढ्यो, एक महिनामा १ अर्ब २६ करोड संकलन

मेची भन्सारको राजस्व बढ्यो, एक महिनामा १ अर्ब २६ करोड संकलन



काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा १ अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा सात दशमलव ७४ प्रतिशतले बढी हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको साउनमा रु एक अर्ब १७ करोड ४० लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । ‘मेची भन्सारबाट गत आवको साउनको तुलनामा चालु आवको सोही महिनामा आयात चार दशमलव ९० प्रतिशत र निर्यात १४ दशमलव ६८ प्रतिशतले घटेको छ । आयात निर्यातमा कमी आए पनि राजस्व रकम भने आयातबाट छ दशमलव ८७ प्रतिशत र निर्यातमा ८० दशमलव १४ प्रतिशतले बढेको छ’, उनले भने ।

काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पाटपुर्जा, खनिज उत्पादन, जुत्ताचप्पल, सौन्दर्य प्रसाधनलगायत आयात हुने गरेको छ । यहाँबाट चिया, अलैंची,अम्रिसो, अदुवालगायत उत्पादन निर्यात हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This