Logo

दूरसंचार उपकरणको आयात बढ्यो, ३ महिनामा सवा ८ अर्बको भित्रियो

दूरसंचार उपकरणको आयात बढ्यो, ३ महिनामा सवा ८ अर्बको भित्रियो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चालु आर्थिक बर्षमा नेपालमा ८ अर्व २२ करोड बराबरको दूरसञ्चार उपकरण भित्रिएको छ । चालु आवको पहिलो ३ महिनामा सो रकम बराबरको दुरसञ्चार उपकरण आयात भएको हो ।

यस्ता उपकरणहरु विशेषगरी चीन तथा तेस्रो मुलुकबाट आयात हुने गरेको छ । गत ३ महिनामा गत बर्षको सो अवधिको तुलनामा दूरसञ्चार उपकरणको आयातमा बृद्धि भएको राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गत आवको सो अवधिमा ५ अर्व ६८ करोड रुपैयाँ बराबरको यस्त उपकरण भित्रिएका थिए ।

चालु अवमा चिनबाट ६ अर्व २२ करोड रुपैयाँ बराबरको दूरसंचार उपकरण तथा पाटपूर्जा आयात भएको छ । त्यस्तै तेस्रो मुलुकबाट २ अर्व रुपैयाँ बराबरको यस्ता सामग्री आयात भएको बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL