Logo

बजारमा दुईओटा मात्रै टेलिकम कम्पनी हुँदा एकाधिकार बढ्यो, नयाँ सेवाप्रदायक आवश्यक छ : प्राधिकरण अध्यक्ष भण्डारी

बजारमा दुईओटा मात्रै टेलिकम कम्पनी हुँदा एकाधिकार बढ्यो, नयाँ सेवाप्रदायक आवश्यक छ : प्राधिकरण अध्यक्ष भण्डारी



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले नेपालमा थप टेलिकम कम्पनीको आवश्यकता रहेको बताएका छन् । नेपाल दूरसंचार प्राधिकरणको २६ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले दुई ओटा मात्रै टेलीकम कम्पनी हुँदा एकाधिकार बढेको बताउँदै थप कम्पनीको आवश्यकता रहेको बताए । कार्यक्रममा बोल्दै उनले हाल नेपाल टेलिकम र एनसेलले मात्रै सेवा प्रवाह गरिरहँदा यसले बजार प्रतिश्पर्धि बनाउन नसकेको बताउँदै थप कम्पनीको आवश्यकता रहेको बताए ।

laxmi

‘बजारमा दुई ओटा मात्रै कम्पनी हुँदा यसले उपभोक्तालाई खास्सै राहतको वातावरण सिर्जना गर्न नसकेको देखिन्छ,’ उनले भने, ‘जसका कारण बजारमा थप कम्पनी भित्र्याउन फ्रिक्वेन्सी बाँडफाँडलाई सहज गर्न जरुरी छ ।’ उनले दुईओटा कम्पनी हुँदा पनि यसले मोनोपोली निम्त्याएको बताए ।

उनले अबको केहि समयमा भएका दुई कम्पनीमध्ये एनसेलको पनि लाईसेन्स अवधि सकिन लागेको बताउँदै त्यसका लागि पनि थप कम्पनी आवश्यक रहेको बताएका हुन् ।

यता इन्टरनेट सेवातर्फ भने लगातार बढेको प्राइस वारका कारण केहि समस्या निम्तिएको बताउँदै अवका दिनमा दूरसंचार क्षेत्रको उचित व्यवस्थापनमा ध्यान दिने बताएका छन् । उनको भनाई अनुसार अव तत्काल प्राधिकरणले लोकल कन्टेन्टको विकास, फाईभजी फ्रेमवर्क, स्पेक्ट्रम रोडम्यापलगायतमा विशेष जोड दिएर लागिपर्ने बताएका छन् । यस्तै प्राधिकरणले दिर्घकालिन रणनीति बनाएर अघि बढ्ने बताएका छन् ।

प्राधिकरणको बार्षिकोत्सवको अवसरमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बहादुर बस्नेत उपस्थित थिए । उनले नेपाललाई डिजिटल्ली विकास गर्न चाँडोभन्दा चाँडो प्रभावकारी काम गर्न आग्रह गरे । सरकारबाट हुने सहयोग भरपुर हुने बताउँदै उनले डिजिटल नेपाल फ्रेमवर्कको कामलाई पनि तिव्रता दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL