Logo

पुस मसान्तमा एकैदिन एनसीएचएलको प्रणाली प्रयोग गरी ८४ अर्ब भुक्तानी, गत बर्षभन्दा ७० प्रतिशत बढी

पुस मसान्तमा एकैदिन एनसीएचएलको प्रणाली प्रयोग गरी ८४ अर्ब भुक्तानी, गत बर्षभन्दा ७० प्रतिशत बढी



काठमाडौं । पुस मसान्त अर्थात २९ गते एकैदिन नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ८४ अर्ब बढी भुक्तानी फर्छ्यौट गरेको छ । कम्पनीले आफ्ना विभिन्न प्रणालीहरु मार्फत् एकै दिन यस्तो भुक्तानी गरेको हो ।

laxmi

यो गत आवको यहि दिनको तुलनामा कारोबार, संख्याको आधारमा ६० प्रतिशत र र रकमको आधारमा ७० प्रतिशतले बढी हो । यसदिन एनसीएचएलका प्रणालीहरुमध्ये एनसीएजएल इसीसी, आइपीएस र आरपीएसमार्फत क्रमश ४१ अर्ब, १४ अर्ब र २९ अर्ब बराबरको भुक्तानी कारोबार भएको हो ।

विद्युतीय भुक्तानीको स्वीकार्यता सँगै आरपीएस अन्तर्गत कनेक्ट आइपीएस (वेब, एप तथा गेटवे), कर्पाेरेटपे, बैंक शाखाहरु, मोबाइल बैंकिङ, वालेट तथा एनपीआइसँग जोडिएका विभिन्न च्यानलहरु मार्फत् रियल टाइम भुक्तानीको संख्यामा अधिकतम बृद्धी भएको देखिन्छ ।

त्यस्तै पुस मसान्तको अन्तिम दिनमा आइपीएस र आरपीएसमार्फतमार्फत् १.६ अर्ब बराबरको राजस्व संकलन तथा ६.८ अर्ब बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजार भन्दा बढि भुक्तानी कारोबारहरु भएका छन् । सरकारी भुक्तानी सम्बन्धी कारोबारहरु कनेक्ट आइपीएस, कर्पाेरेटपे, नेपाल पे क्युआर गेटवे, बैंक शाखाहरु, मोबाइल बैंकिङ तथा वालेट मार्फत गर्न सकिने व्यवस्था रहेको छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको नितिगत पहलहरुले नेपालको विद्युतीय भुक्तानीमा उल्लेख्य परिवर्तन आएको देखिन्छ । एनसीएचएलका भुक्तानी प्रणालीहरुमा डाइरेक्ट सदस्यका रुपमा ५३ बैंक/वित्तीय संस्थाहरु तथा इन्डाइरेक्ट/टेक्निकल सदस्यका रुपमा १०० भन्दा बढि गैर–बैंकिङ संस्थाहरु आबद्ध भई प्रयोग गर्दै आएका छन् । सदस्य बैंक/वित्तीय संस्थाले आफ्ना ७ हजार भन्दा बढि शाखाहरु तथा मोबाइल बैंकिङ प्लेट्फर्म मार्फत् आफ्ना दुइ करोड भन्दा बढि ग्राहकहरुलाई यी सेवाहरु प्रदान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL