Logo

सन २०२३ को ‘सिइओ अफ दि इयर’ बने माइक्रोसफ्टका नाडेला, एक वर्षमा बुझे साढे ६ अर्ब रुपैयाँ तलब

सन २०२३ को ‘सिइओ अफ दि इयर’ बने माइक्रोसफ्टका नाडेला, एक वर्षमा बुझे साढे ६ अर्ब रुपैयाँ तलब



काठमाडौं । अमेरिकाको विशाल टेक कम्पनी माइक्रोसफ्टका भारतीय मूलका सीईओ सत्य नडेलालाई सिएनएन बिजनेसले २०२३ को लागि ‘सिइओ अफ दि इयर’ चुनेको छ । यस दौडमा उनले चेसका सीईओ जेमी डिमोन, ओपनएआईका सीईओ साम अल्टम्यान र एनभिडियाका सीईओ जेन्सेन ह्वाङलाई हराए ।

laxmi

भारतीय मूलका नडेलाले गत वर्ष एआईमा अर्बौं डलर लगानी गरेका थिए । उनको नेतृत्वमा, माइक्रोसफ्टले आफूलाई टेक इनोभेटरको रूपमा पुनः स्थापित गरेको छ । यही कारण गत वर्ष कम्पनीको सेयर ५५ प्रतिशतले बढेको हो । नाडेलालाई कुनै परिचयको आवश्यकता छैन ।

हैदराबादबाट अध्ययन

सत्या नाडेलाको जन्म सन् १९६७ मा हैदराबादमा भएको थियो । उनका बुबा प्रशासनिक अधिकारी र आमा संस्कृत व्याख्याता थिए । हैदरावाद पब्लिक स्कुलबाट प्राथमिक शिक्षा पूरा गरेपछि उनले १९८८ मा मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङ पढे र त्यसपछि कम्प्युटर विज्ञानमा एमएस गर्न अमेरिका गए । उनले १९९६ मा बुथ स्कूल अफ बिजनेस, शिकागोबाट एमबीए गरे ।

माइक्रोसफ्टमा जागिर

आफ्नो अध्ययन पूरा गरेपछि, सत्य नाडेलाले सन माइक्रोसिस्टम्समा कम्पनीको टेक्नोलोजी टोलीमा काम गरे । उनी सन् १९९२ मा माइक्रोसफ्टमा सामेल भए र त्यसबेलादेखि नै यसमा छन् । कम्पनीसँगको लामो सम्बन्धमा उनले धेरै परियोजनाहरूमा काम गरे । उनले माइक्रोसफ्टको सर्भर ग्रुपमा काम सुरु गरे । त्यसपछि उनले सफ्टवेयर डिभिजन, अनलाइन सर्भिस, रिसर्च एण्ड डेभलपमेन्ट, एडभर्टाइजिङ प्लेटफर्ममा काम गरे र त्यसपछि प्रमुख बनेर सर्भर डिभिजनमा फर्किए ।

क्लाउड गुरु

सत्य नाडेलालाई ‘क्लाउड गुरु’ पनि भनिन्छ । उनले माइक्रोसफ्टमा क्लाउड कम्प्युटिङको नेतृत्व गरे र कम्पनीलाई विश्वको सबैभन्दा ठूलो क्लाउड पूर्वाधारमा निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले अनलाइन सेवा डिभिजनको वरिष्ठ उपाध्यक्ष र माइक्रोसफ्ट बिजनेस डिभिजनको उपाध्यक्षको रूपमा सेवा गरे । पछि उनलाई कम्पनीको १९ बिलियन अमेरिकी डलरको ‘सर्भिस एण्ड टुल्स’ व्यवसायको अध्यक्ष बनाइएको थियो । माइक्रोसफ्टको डाटाबेस, विन्डोज सर्भर, र विकासकर्ता उपकरणहरु माइक्रोसफ्ट एजुर क्लाउड प्लेटफर्ममा ल्याउन उनले प्रमुख भूमिका खेले ।

सीईओको यात्रा

नाडेला सन् २०१४ मा माइक्रोसफ्टको सीईओ बनेका थिए । उनले यो पद सम्हाल्दा कम्पनी धेरै समस्याबाट गुज्रिरहेको थियो । नाडेलाले माइक्रोसफ्टलाई यी समस्याहरूबाट बाहिर निकाल्ने मात्र होइन नयाँ उचाइमा पनि पुर्याए । उनले क्लाउड कम्प्युटिङ, मोबाइल एप्लिकेसन र आर्टिफिसियल इन्टेलिजेन्समा फोकस गरे र अफिस सफ्टवेयर फ्रान्चाइजमा नयाँ जीवन पनि दिए । सन् २०२१ मा उनलाई कम्पनीको अध्यक्ष बनाइएको थियो ।

क्रिकेट प्रेम

सत्य नाडेलाले १९९२ मा अनुपमासँग विवाह गरेका थिए । अनुपमा सत्यका बुबाको साथीकी छोरी हुन् । सत्या आफ्नो परिवारसँग वासिङ्टनमा बस्छन् । सत्य नाडेला क्रिकेटका ठूला फ्यान हुन् र आफ्नो दैनिक जीवनमा खेलबाट प्रेरणा लिन्छन् । उनी फिटनेस फ्रिक पनि हुन् र दौडन मन पराउँछन् । नाडेलाको गुलियो खाने सोख छ र उनलाई पेस्ट्री मन पर्छ । उनी आफूलाई आजीवन शिक्षार्थी बताउँछन् र आफ्नो फुर्सदको समयमा अनलाइन कक्षा लिन्छन् । फुर्सदको समयमा कविता पढ्न रुचाउँछन् ।

नाडेलाको तलब

मिडिया रिपोर्टका अनुसार नाडेलाले आर्थिक वर्ष २०२३ मा ४.८५ करोड डलर अर्थात् करिब ६ अर्ब ४७ करोड ३४ लाख नेपाली रुपैयाँ तलब पाएका थिए । यसमा उनको आधारभूत तलब र बोनस समावेश छ । यस अवधिमा उनले कुनै पनि सेयर प्राप्त गरेनन । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL