Logo

टेलिकमको नाफा ७.८६ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

टेलिकमको नाफा ७.८६ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट



काठमाडौं । नेपाल दूरसंचार कम्पनी नेपाल टेलिकमको नाफा गत आार्थिक बर्ष अघिल्लो आार्थिक बर्ष २०७८/७९ को तुलनामा ७.८६ प्रतिशतले घटेको छ । कम्पनीले बुधबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आवको तुलनामा गत आवमा नाफा घटेको जानकारी दिएको हो ।

laxmi

कम्पनीको वित्तीय विवरण अनुसार अघिल्लो आवमा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेकोमो गत आवमा उक्त नाफा घटेर ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँमा खम्चिएको हो ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको वित्तीय विवरणले देखाएको छ । विवरण अनुसार गत आर्थिक बर्ष कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा पुगेको छ । जुन अघिल्लो आवमा ४७ रुपैयाँ ०६ पैसा थियो ।

गत आवमा कम्पनीको बिक्री आम्दानीमा पनि २.९४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले अघिल्लो बर्ष ३७ अर्ब ९१ करोड ९७ लाख रुपैयाँ विक्री आम्दानी गरेकोमा गत आवमा घटाएर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँ पुर्याएको हो ।

यस्तै यस अवधिमा कुल आम्दानी भने करिव ४३ कराेड रुपैयाँले बढेको वित्तीय विवरणमा उल्लेख छ । गत वर्ष कम्पनीको कुल आम्दानी ४४ अर्ब ८६ करोड छ। अघिल्लो बर्ष यस्तो आम्दानी ४४ अर्ब ३७ करोड थियो।

प्रतिक्रिया दिनुहोस्
MBL