Logo

आठ महिनामा जम्मा १४ किलोमिटर अप्टिकल फाईबर विस्तार

आठ महिनामा जम्मा १४ किलोमिटर अप्टिकल फाईबर विस्तार



काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा जम्मा १४ किलोमिटर अप्टिकल फाईबर विस्तार भएको पाईएको छ । आज सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण अनुसार गत असारदेखि चालु आवको फागुन मसान्तसम्म १४ किलोमिटर मात्रै अप्टिकल फाईबर विस्तार गरिएको हो ।

laxmi

आर्थिक सर्वेक्षण अनुसार गत असारसम्म नेपालमा १२ हजार २ सय २४ किलोमिटर अप्टिकल फाईबर विस्तार गरिएको थियो । तर, चालु आवको फागुन मसान्तसम्म यो विस्तार भएर १२ हजार २ सय ३८ किलोमिटर मात्रै पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL