Logo

Global_Ime

सेवा अवरोध हुनेगरी अवाञ्छित गतिविधि बढाईयो : नेपाल टेलिकम

सेवा अवरोध हुनेगरी अवाञ्छित गतिविधि बढाईयो : नेपाल टेलिकम



काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा आफ्नो सेवा अवरोध हुनेगरी अवाञ्छित क्रियाकलापहरु बढेको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्ना उपकरणहरुमा क्षति पुग्नेगरी अवाञ्छित गतिविधि गरिँदा सेवामा समस्या आएको बताएको हो ।

Laxmi_sunrise
Kumari

‘कम्पनीका सेवा अविच्छिन्न रुपमा उपलब्ध हुनका लागि उपकरण र संरचनाहरु चुस्तदुरुस्त अवस्थामा रहनु आवश्यक हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको पाइएको छ ।’

यस्तै टेलिकमले यस्तो अवस्थाका कारण निरन्तर सेवा प्रवाहमा समस्या आउने गरेको जानकारी दिएको छ । यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको टेलिकमको भनाई छ ।

टेलिकमले विज्ञप्तिमार्फत कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पुर्याईएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC