Logo

एमडीएमएस लागू नभएकोमा मोबाइल वितरक संघको आपत्ति, तुरुन्त संचालनमा ल्याउन माग

एमडीएमएस लागू नभएकोमा मोबाइल वितरक संघको आपत्ति, तुरुन्त संचालनमा ल्याउन माग



काठमाडौं । मोबाइल वितरक संघले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नभएकोमा आपत्ति जनाएको छ । बुधबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै संघले समयमै एमडीएमएस लागू नहुँदा अवैध फोन भित्र्याउने गिरोहलाई थप बल पुगेको भन्दै आपत्ति जनाएको हो ।

laxmi

संघले उक्त प्रणाली चाँडोभन्दा चाँडो संचालनमा ल्याउनुपर्ने मागसमे राखेको छ । प्रणाली लागू नहुँदा राज्यले २ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाईरहेको बताउँदै संघका अध्यक्ष दिनेश चुल्याद्योले भन्सार छली गरी गैरकानूनी रूपमा आयातित फोनहरू बिक्री वितरणमा रोक लगाउनुपर्ने बताए । उनले यसैका कारण व्यवसायी मारमा पर्नुका साथै उपभोक्तासमेत ठगीमा परेको उल्लेख गर्दै चाँडोभन्दा चाँडो या प्रणाली संचालमा ल्याउनुपर्ने बताएका छन् ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू गर्ने अन्तिम तयारी गर्दा आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि स्थगन गर्न निर्देशन दिएका थिए ।

विदेशबाट आउने नेपालीले ल्याउने फोनमा राज्यले छुट दिने वा नदिने त्यो राज्यको कुरा भएपनि मोबाइल डिभाइस म्यामेजमेन्ट सिस्टम नेपालमा भित्रिने फोनहरूको तथ्यांक राख्ने तथा नियन्त्रण गर्ने प्रणाली मात्रै भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL