GBIME
SAMSUNG

नेपाल टेलिकमको अटम अफर सार्वजनिक, ९० दिनसम्म सस्ता प्याकको मज्जा लिन सकिने


बिजखबर संवाददाता
17 October, 2022 5:17 pm

nepal-telecom-building

काठमाडौं । नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएपछि यसैमा केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिँदै नयाँ अटम अफर ल्याईएको हो । असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको उक्त अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहन कम्पनीले जानकारी दिएको छ ।

NABIL
Lamxi_bank

यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरु सञ्चालनमा ल्याइएकोे छ । सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन् । अन्य प्याकहरु र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध रहेका छन् ।

अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले एस्ट्रिक१४१५ह्यास डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL