Logo

एनसेल एप क्याम्पको समुह विजेताको उपाधी कृषिलाई, कर्पोरेट सोलुसनफर्त ओपिनियो उत्कृष्ठ

एनसेल एप क्याम्पको समुह विजेताको उपाधी कृषिलाई, कर्पोरेट सोलुसनफर्त ओपिनियो उत्कृष्ठ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता ।

आइसीटी फर एग्रिकल्चर एनसेल एप क्याम्प २०१४ को समग्र विजेता बनेको छ । सोल्टी होटलमा विहिबार सम्पन्न प्रतियोगितामा २३ प्रतिस्पर्धी समूहरुलाई पछि पार्दै उक्त एप कृषि क्षेत्रको विषयगत तथा समग्र विजेत बनेको हो । समग्र विजेताले आइसीटी फर एग्रिकल्चरले नगद ५ लाख रुपैया पुरस्कार प्राप्त गरेको छ ।

त्यसैगरी कर्पोरेट सोलुसनतर्फ सेन्टिनेप समूहले बनाएको ओपिनियो नामक एप विजयी भएको छ भने शिक्षा र पर्यटनतर्फ क्रमश रितीरिवाज र लिपी एपहरु विजेता भए । प्रत्येक विषयगत विजेताहरुले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।

ncell app2

कृषकहरुलाई बाली थन्काउनुपूर्व र त्यसपछि किटनाशकहरुबाट बचाउन सहयोग गर्ने यस एपको निर्माण सूचना प्रविधि विषयका अध्ययन गरेका विद्यार्थीहरुले बनाएका हुन् । ‘हामीलाई सबै साथीहरुले कृषि क्षेत्र नरोज्न सुझाव दिएका थिए,’ समूह नेता अभिनाश झाले भने, ‘तर हामीले किसानको समस्या समाधान हुने खालको एप बनाउने निर्णय गर्यौ ।’  उक्त एपले किसानलाई मौसमसम्बन्धी जानकारी दिनुका साथै बजारसम्बन्धी सूचनासमेत प्रदान गर्दछ । हाल यस एपको ९ सय भन्दा बढी प्रयोगकर्ताहरु छन् ।

कर्पोरेटतर्फ विजयी ओपिनियोले मानिसहरुको विचार तथा अनुभूतिहरुलाई वर्गिकरण गरी व्यवसायीहरुलाई आफ्नो व्यवसायिक योजना निर्धारण गर्न सहयोग पु¥याउनेछ । विशेष गरी मिडियातर्फ लक्षित यो एपले प्रकाशित भएका समाचार तथा अन्य प्रतिक्रियाहरुको अध्ययन गरी विश्लेषण गर्ने कार्य गर्दछ ।

यसैगरी, शिक्षा क्षेत्रतर्फ विजयी रितीरिवाज नामको एपले नेपालका चाडपर्वहरुबारे जानकारी दिने कार्य गर्दछ । विशेष गरी विदेशमा बस्ने नेपालीहरु र नयाँ पीडिलाई आफ्नो सँस्कृतिको जगेर्ना गर्न सघाउने यो एप एक महिनाभित्र बजारमा आउने समूह नेता मनिश श्रेष्ठले बताए । पर्यटनतर्फको विजेता एप लिपीले भने पर्यटकहरुलाई नेपाली भाषामा लेखिएका तस्बीर उनीहरुले बुझ्ने भाषामा परिवर्तन गर्न सहयोग पु¥याउने छ ।  प्रतिस्पर्धाको अन्तिम प्रस्तुतिका लागि प्रत्येक समूहले उनीहरुले बनाएको एपबारे अवधारणा साथै उक्त एपको व्यवसायिक रणनीति प्रस्तुत गरेका थिए ।

प्रस्तुतिका लागि प्रत्येक समूहलाई १० मिनेट समय प्रदान गरिएको थियो जसअन्तर्गत उनीहरुले २ मिनेट निर्णायक मण्डलको प्रश्नको जवाफ दिन र ३ मिनेट आफ्नो एपको नमुना प्रयोग गरेर देखाउन भनिएको थियो ।

कुन्द दिक्षित, नरोत्तम अर्याल, पुर्ण बहादुर क्षेत्री, शौरभ ज्योती, सुमन पाण्डे, टमी अहोनेन, र टमस मार्टुनस लगायत विभिन्न क्षेत्रका आठ जना विज्ञहरु सम्मिलित निर्णायक मण्डलले प्रतिस्पर्धीहरुलाई उनीहरुले प्रस्तुत गरेका एपले समाधान गर्ने समस्याको प्रकृति, व्यवसायिक नमुना, एप, व्यवसाय विस्तारको सम्भावना र प्रस्तुतिको स्तरका आधारमा अंक प्रदान गरेका थिए ।

ncell app3

४ सय ५७ समूहहरुले सहभागिताका लागि आवेदन दिएको यस प्रतिस्पर्धाको पहिलो चरणमा १ सय ५० समूह छानिएका थिए । ती समूहहरुले विभिन्न तालिम तथा सेमिनारमा सहभागी भइ एप निर्माणको प्राविधिक तथा व्यवसायिक पक्षबारे विज्ञहरुबाट ज्ञान हासिल गरेका थिए । उक्त १ सय ५० समूहहरुमध्ये गत मंसिर १६ गते उत्कृष्ट २४ समूहमा छानिएका २४ समूहहरु आज अन्तिम प्रतिस्पर्धाका लागि भिडेका हुन् ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन प्रबन्धक सञ्जू कोइरालाले एनसेलले प्रतिस्पर्धाका सहभागीहरुलाई भविष्यमा पनि सघाउने सम्भावना रहेको बताइन् । ‘एप क्याम्प आज सफलतापूर्वक सम्पन्न भएको छ । तर, यो अन्त्य नै अन्त्य भने होइन,’ उनले भनिन्, ‘यहाँ सहभागी सबै सक्रिय र सिर्जनशील एप निर्माताहरुलाई उनीहरुको व्यवसाय अघि बढाउन प्रोत्साहन गर्ने खालको नयाँ कार्यक्रम ल्याउने तर्फ सोचिरहेका छौं ।’

कार्यक्रममा एनसेलका कार्यकारी प्रमुख एरिम टायलेनलरले नेपाल सगरमाथाको देशमात्र नभई टेक्निङको समेत देश रहेको भन्दै उनले खुशी व्यक्त गरे । साथै उनले सहभागीहरुलाई अन्तरराष्ट्रि प्रतिस्पर्धामा पनि सहभागी हुन अनुरोध गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL