Logo

क्यान इन्फोटेक २०२२ का लागि ८० प्रतिशत स्टल बुक, आकर्षणमा नविन प्रविधि

क्यान इन्फोटेक २०२२ का लागि ८० प्रतिशत स्टल बुक, आकर्षणमा नविन प्रविधि



काठमाडौं । आगामी बैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको ८० प्रतिशत स्टल बुकिङ पुरा भएको छ । सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोविड १९ तथा सोहिसम्बन्धि नेपाल सरकारका निर्णयहरुलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको एवं विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको छ ।

laxmi

गत वर्ष प्रदर्शनी आयोजना हुन नसकेका कारण पनि यो पटक प्रदर्शकहरु एवं सम्बन्धित सरोकारवालाहरुमा उत्साह देखिएको छ । यो पटकको इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट, लर्निङ सेन्टर, देशभित्रका स्टार्टअप, मोवाइल, आइटी कलेज र नवीनतम सोचमा आधारित रहेर सुचना प्रविधिको क्षेत्रमा अध्ययनरत बिद्यार्थीद्वारा निर्मित प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य आकर्षण हुने देखिएको छ ।

स्टल बुकिङका आधारमा प्रदर्शकहरुले विश्व बजारमा हालसालै आएका एवं उपलब्ध नवीनतम प्रविधीका साथसाथै अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा एक्सेसरिज, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरुका पछिला संस्करणहरु प्रदर्शनीमा राख्ने बताएका छन् ।

त्यसैगरी, आर्टी्फिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, सुचना प्रविधिमा आधारित कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने गरि प्रदर्शकहरुले तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL