Logo

जानकी टेक्नोलोजी र एक एक पाइलाबीच सम्झौता, एसएमएस मार्फत स्वास्थ्य सेवा सक्षम बनाईँदै

जानकी टेक्नोलोजी र एक एक पाइलाबीच सम्झौता, एसएमएस मार्फत स्वास्थ्य सेवा सक्षम बनाईँदै



काठमाडौं । जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) र एक एक पाइला फाउन्डेसनबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा जानकी टेक्नोलोजीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गतिविधिहरुका लागि एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको हो ।

laxmi

एक एक पाइला नेपालको स्वास्थ्य अवस्था सुधार गर्न काम गर्ने समान विचारधारा भएका व्यक्तिहरूको समूह हो। एक एक पाइला ले बिशेषतः नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । एक एक पाइला फाउन्डेसनका संस्थापक डा. सुमन शमशेर थापा र जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

जसमा जानकी टेक्नोलोजीले स्प्यारो एसएमएसमार्फत विभिन्न माध्यमबाट सर्वसाधारण जनतामा फाउन्डेसनको सेवा तथा जानकारी प्रवर्द्धन गर्न एक एक पाइला सँग सहकार्य गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL