GBIME

भायानेटले सार्वजनिक गर्याे मिनी प्याक, मासिक ८०० रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र टिभी


बिजखबर संवाददाता
24 February, 2022 4:14 pm

भायानेटले सार्वजनिक गर्याे मिनी प्याक, मासिक ८०० रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र टिभी

काठमाडौं । भायानेटले भायाटिभी सहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । कम्पनीले ग्राहकहरूका लागि ८ सय रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शन सँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्नेगरी उक्त नयाँ प्याक सुरु गरेको हो ।

NLIC

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको छ । यस अफर मार्फत ग्राहकहरूले उच्च–गतिको इन्टरनेटको साथ–साथै मनोरञ्जनात्मक च्यानलहरू दुवैको लाभ लिन सक्नेछन् । भायाटिभी द्वारा ग्राहकहरुले १७५ प्लस च्यानलहरू, चलचित्र र टेलि श्रृंखलाहरू हेर्न सक्नेछन् ।

यसअघि भायानेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेट सहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि ८ सय रुपैयाँ प्रति महिनामा यो अफरको मज्जा लिन सक्नेछन् ।

Citizenslife

यसबाहेक भायाटिभी को सेट–उप बक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ जस मार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पज गरि पछि हेर्ने फाइदा लिन सक्नेछन् । मिनी प्याकका सब्स्क्राइबर हरूले भायाटिभी को सेवा आफ्ना मोबाइल उपकरणहरूमा पनि प्राप्त गर्न सक्छन् । प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोर मार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरू बाट भायाटिभी को सुविधाहरू लिन सक्नेछ्न् ।

उच्च–गतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराई रहेको छ । अल्ट्रा–फाई प्याक को मुख्य विशेषता भनेको १ सय ७५ एमबीपीएस इन्टरनेट योजना हो जसको सब्स्क्रिप्शनमा २ वटा भायाटिभी हरू पनि उपलब्ध छन् । यसको मूल्य मात्र १ हजार २ सय ५० रुपैयाँ प्रति महिना रहेको छ ।

मिनी प्याक मार्फत भायनेटले सामान्य उपभोक्ताहरू मात्र नभई उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताहरूको विशेष आवश्यकता पनि पूरा गर्ने आशा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL