Logo

अब विद्युतीय भुक्तानीको १० प्रतिशत भ्याट सोझै उपभोक्ताको खातामा फिर्ता, व्यवस्था कार्यान्वयन गर्न निर्देशन

अब विद्युतीय भुक्तानीको १० प्रतिशत भ्याट सोझै उपभोक्ताको खातामा फिर्ता, व्यवस्था कार्यान्वयन गर्न निर्देशन



काठमाडौं । अबदेखि उपभोक्ताले कुनै सेवाको डिजिटल भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता पाईने भएको छ । आन्तरिक राजस्व विभागले शुक्रबार एक सूचना जारी गर्दै डेवि/क्रेडिट कार्ड, क्युआर पेमेन्ट, स्क्यान टु पेलगायत माध्यमबाट भुक्तानी गरे सोझै उपभोक्ताको खातामा भ्याटको १० प्रति

मूल्य अभिवृद्धि करमा दर्ता भएर आन्तरिक राजस्व विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता यो प्रणालीमा आवद्ध हुन सक्ने विभागले सूचनामार्फत जानकारी दिएको छ ।

विभागमा सूचीकृत विद्युतीय बीजक सफ्टवेयर आपूर्तिकर्ताले यो प्रणालीसँग सामञ्जस्य हुने गरी आफ्नो सफ्टवेयर परिमार्जन गर्नुपर्ने व्यवस्था विभागले गरेको छ । भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक लगायतका सबै बैंक तथा वित्तीय संस्थाले यो प्रणाली कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

प्रणालीमा आवद्ध बिक्रेताले आफ्नो कारोबार स्थलमा विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता हुने सुविधा रहेको जानकारी सार्वजनिक गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL