Logo

सेवा अवरुद्ध भए ग्राहकलाई क्षतिपुर्ति दिन एनटिसीलाई अदातलको आदेश

सेवा अवरुद्ध भए ग्राहकलाई क्षतिपुर्ति दिन एनटिसीलाई अदातलको आदेश


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० मंसिर, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल टेलिमकलाई सेवा अवरुद्ध भए ग्राहकलाई क्षतिपूति दिर्नुपर्ने गरी नियम बनाउन आदेश दिएको छ । टेलिकमको गुणस्तरीयता माथी पटक–पटक प्रश्न उठेपछि जिल्ला अदातले यस्तो आवदेश दिएको हो ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीले अबदेखि ग्राहकलाई सेवा उपलव्ध गराउँदा सेवा, सर्त र क्षतिपूति सम्वन्धी दोहोरो सर्तको करार गर्नुपर्ने समेत न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले दिएको आदेशमा उल्लेख छ । साथै, ग्राहकसँग पुरै पैसा लिएपछि पनि सेवा अवरुद्ध भएमा वा गुणस्तर नभए फारममा क्षतिपूति दिनु पर्ने सर्त नै राख्नु पर्ने अदादले दिएको आदेशमा उल्लेख छ ।

नेपाल टेलिकमको मोवाइल तथा इन्टरनेट प्रयोगकर्ताहरुले भनेको समय फोन नलाग्ने, इन्टरनेट सुस्त हुनेजस्ता समस्या झेल्दै आएका छन् । हाल नेपाल टेलिकमले टेलिफोन सेवा, वाईम्याक्स इन्टरनेट सेवा, एडिएसएल सेवा, फाइवर टु दि होम, जिएसएम मोवाइल सेवा, इभिडियो ब्रोडब्यान्ड इन्टरनेट सेवा, थ्रिजी सेवा, नोटिसबोर्ड सभिर्सजस्ता सेवा प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL