Logo

नौ महिनाभित्र टेलिकमको फोन, इन्टरनेट र टिभीसहितको ‘एफटिटीएच’ सेवा काठमाडौंको सबै स्थानमा, डेढ वर्षमा देशैभर

नौ महिनाभित्र टेलिकमको फोन, इन्टरनेट र टिभीसहितको ‘एफटिटीएच’ सेवा काठमाडौंको सबै स्थानमा, डेढ वर्षमा देशैभर



काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमको ‘फाइबर टु दि होम’ (एफटीटीएच) सेवामा निकै आकर्षण देखिएको छ । तर, अहिले पनि काठमाडौं उपत्यकाका धेरै स्थानहरुसम्म पनि एफटीटीएच सेवा जोडन चाहने ग्राहक आफ्नो स्थानमा एफटीटीएच सेवा नपुगेको कारण निराश भएको अवस्था छ । अन्य इन्टरनेट सेवाप्रदायक (आइएसपी)हरु पुगिसकेको स्थानहरुमा पनि टेलिकमको एफटीटीएच सेवा नपुग्दा सेवाग्राहीहरु चाहेर पनि सेवा लिन नपाएको अवस्थामा छन् ।

laxmi

तर, अब भने टेलिमकले आफ्नो सेवालाई देशैभर ग्राहकको माग सम्बोधन गर्ने गरि काम अघि बढाइसकेको छ । सरकारको ९० प्रतिशत बढी लगानी रहेको टेलिकमले अबको ९ महिनामा काठमाडौंको जुनसुकै स्थानमा एफटीटीएच) सेवा माग गर्ने ग्राहकलाई निराश नबनाउने बताएको छ । यसका लागि टेलिकमले हाल टेलिफोन र इन्टरनेट सेवा प्रदान गरिरहेको काठमाडौं उपत्यकाको पुरानो अर्थात कपर केवललाई ९ महिनाभित्रै एफटीटीएचद्वारा प्रतिस्थापन गरिसक्ने छ ।

करिव ९ बर्षअघि देखि नै टेलिकमले एफटीटीएच सेवाको सुरुवात गरेपनि हालसम्म भनेबमोजिम विस्तार भने हुन सकेको छैन । तर, टेलिकमले अबको डेढ बर्ष भित्रमा नेपालभरका सवै स्थानमा नै एफटीटीएच सेवा पुर्याउने गरी काम अघि बढाएको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनका अनुसार आर्थिक बर्ष २०७८÷७९ भित्र नेपालभर नै टेलिकमको फाइवर सेवा पुर्याउने गरी कम्पनीले काम गरिरहेको छ ।

हालसम्म टेलिकमले एफटीटीएचको १ लाख ३३ हजार लाईनहरु वितरण गरिसकेको छ । यस्तै साढे ३ देखि ४ लाख लाईनको क्षमता विस्तार भएको छ भने ७ लाख बढी लाईनका लागि नेटवर्क प्लानसमेत भइसकेको प्रवन्ध निर्देशक अधिकारीले बिजखबरलाई जानकारी दिए । यसैका आधारमा पनि नेपालभर आगामी आर्थिक बर्षभित्रै सबै क्षेत्रमा टेलिकमको एफटीटीएच सेवा पुग्ने उनको अनुमान छ ।

हाल काठमाडौं उपत्यकाका पुराना ग्राहक अर्थात कपर वायरमार्फत सेवा लिईरहेका ५० प्रतिशत ग्राहकहरुको सेवा एफटीटीएचबाट प्रतिस्थापन भइसकेको टेलिकमको दावी छ । तर, बाँकी ५० प्रतिशतलाई पनि प्रतिस्थापन गर्नका लागि भन्दै कम्पनीले लकडाउनको अवधिमा पनि तीव्रस्तरमा काम अघि बढाएको थियो । जसमार्फत केवलहरुलाई अन्डरग्राउन्ड गर्नेदेखि एरियल लाइन विस्तारको कार्य पनि अघि बढाइएको थियो ।

हाल टेलिकमले देशभर एफटीटीएचको विस्तारका लागि पुराना ग्राहकको कपर वायर रिप्लेस गर्ने र नयाँ ग्राहकलाई सिधै फाइवर नै जोडिदिने नीति लिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । उनका अनुसार ढिलो भएको भन्ने आएको गुनासोलाई सम्बोधन गर्न र ग्राहकले मागेको स्थानमा टेलिकमको सेवा पुर्याउन टेलिकमले लकडाउन अवधिभर पनि धेरै कामहरु अघि बढाएको थियो ।

टेलिकमले फाईबर टु दी होम (एफटीटीएच) मार्फत भ्वाईस, भिडियो र तीव्र गतिको इन्टरनेट सेवा दिँदै आएको छ । जसमार्फत हाल नेपालभरका ३० बढी जिल्लामा यो सेवा पुगिसकेको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले पुरानो सेवालाई नयाँले रिप्लेस गर्दा राउटर र फाइवर केवल सित्तैमा प्रतिस्थापन गरिदिन्छ । तर, टेलिभिजनका लागि आवश्यक सेटअप बक्सको भने ग्राहकले पैसा तिर्नुपर्ने हुन्छ । तर ग्राहकले फाइवरबाट टिभीमात्रै, फोनमात्रै या इन्टरनेटमात्रै लिन्छु भन्न पनि पाउने जोशीले बताए । उनका अनुसार एउटै फाइबरबाट ३ ओटै सेवा आउने भएपछि सेवा जुनबेला पनि छनोट गरेर चलाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL