Logo

बैज्ञानिकहरुले बनाए कोरोना भाईरस विरुद्धको शक्तिशाली भ्याक्सिन, भ्याक्सिनको थोरै डोजले १० गुणा बढी एन्टीबडी न्युट्रलाईज्ड गर्ने

बैज्ञानिकहरुले बनाए कोरोना भाईरस विरुद्धको शक्तिशाली भ्याक्सिन, भ्याक्सिनको थोरै डोजले १० गुणा बढी एन्टीबडी न्युट्रलाईज्ड गर्ने



काठमाडौं । हालै प्रकाशित एक जर्नल सेलका अनुसार वैज्ञानिकहरुले कोरोना भाईरसविरुद्धको शक्तिशाली भ्याक्सिन पत्ता लगाईसकेको दावी गरेको छ । उक्त जर्नलका अनुसार उक्त भ्याक्सिन मुसामा परिक्षण गर्दा भ्याक्सिनको कम डोजले पनि १० गुणा बढी एन्टीबडी न्युट्रलाईज्ड गरेको थियो । साथै भ्याक्सिनले एन्टीबडी न्युट्रलाईज्ड गरेपश्चात शरिरमा प्रतिरोधी क्षमता पनि उत्तिकै मात्रामा विकसित गरेको जर्नलमा उल्लेख छ ।

जनावरमा धेरैभन्दा धेरै सकारात्मक असर पारेको भ्याक्सिनले मानिसमा पनि सोहीअनुसारको प्रभाव पार्ने वैज्ञानिकहरु बताउँछन् ।

अमेरिकामा अवस्थित वासिङ्टन विश्वविद्यालयस्थित स्कुल अफ मेडिसीनका एक अनुसन्धाताका अनुसार नानो पार्टीकल भ्याक्सिनले मुसालगायत जनावरमा मानिसको शरिरमा गरेको प्रभावभन्दा बढी प्रभाव पार्ने गरेको छ ।

मुसामा सबैभन्दा धेरै प्रभाव देखाएको उक्त खोप दिर्घकालिन र दिगो पनि हुने जर्नलमा उल्लेख गरिएको छ । जर्नलमा प्रकाशित लेखका अनुसार उक्त भ्याक्सिनले शरिरमा उत्पादन हुने भाईरसको म्युटेसन अर्थात एकबाट धेरै हुने प्रक्रियालाई रोक्ने कार्य गर्ने गर्दछ । जसका कारण शरिरमा भएका भाईरसहरु एकबाट बढी हुन पाउँदैनन र सोहीअनुसार भाईरस हराउँदै जाने बताईन्छ ।

पत्ता लगाईएको खोपको आणविक संरचना भाईसरको संरचनासँग मिल्दो छ । जसका कारण शरिरमा प्रतिरक्षा प्रणालीको पनि विकास हुने बताईन्छ । ‘हामीले बनाएको नानोपार्टीकल भ्याक्सिनले विश्वभर फैलिएको कोरोना महामारीलाई नियन्त्रण गर्ने प्रयास गर्नेछ,’ जर्नलका सहलेखक निल किङले भने ।

उनका अनुसार विश्वभर तहल्का मच्चाएको कोरोना भाईरसको रोकथाममा उक्त भ्याक्सिनले ठुलो सहयोग गर्नेछ । एनडीटिभीबाट अनुवादित

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This