Logo

‘फेससिल्ड’ ले कोरोना भाइरस संक्रमण नरोक्ने अनुसन्धानको निष्कर्ष, सोचेजस्तो प्रभावकारी नहुने दाबी

‘फेससिल्ड’ ले कोरोना भाइरस संक्रमण नरोक्ने अनुसन्धानको निष्कर्ष, सोचेजस्तो प्रभावकारी नहुने दाबी



काठमाडौं । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग बढ्दो छ । अहिले धेरैजसोले कोरोना भाईरसबाट बच्नलाई भन्दै फेससिल्ड लगाउने गरका छन् । तर, एक नयाँ अध्ययनले फेससिल्डले समेत भाईरस संक्रमण फैलिन रोक्न नसकिने पत्ता लगाएको छ ।

laxmi

जापानी सरकारको सहयोगमा रिकेन अनुसन्धान ईन्स्टिच्युटले गरेको अध्ययनमा उक्त फेससिल्डले पनि थुकका छिटाहरु रोक्न नसकिने पत्ता लागेको हो । यस्तै अन्तरराष्ट्रिय समाचार कम्पनी टी गार्जियनका अनुसार उक्त फेससिल्डको भाईजरबाट ५ माइक्रोमिटर आकारकार शतप्रतिशत हावाका करणहरु छिर्ने बताईएको छ ।

अनुसन्धानमा ५० माईक्रोमिटर साना कणहरु हावाको माध्यमबाट एकबाट अर्कोमा सर्ने गर्छन । तसर्थ मानिसले लगाउने फेससिल्डले पनि भाईरस संक्रमणबाट नबचाउने तथ्य अनुसन्धानबाट बाहिरिएपछि यसबाट ढुक्क हुन सकिने अवस्था नरहेको अनुसन्धाताहरु बताउँछन् । यसका साथै हालसम्म अमेरिकाको रोग नियन्त्रण केन्द्रले पनि फेससिल्ड लगाउनुपर्छ भनेर सिफारिस भने गरेको छैन ।

फेससिल्डले मास्कको भन्दा पनि आँखा सुरक्षित राख्ने मात्रै काम गर्ने बताईएको छ । मास्क नलगाउने तर फेससिल्ड मात्रै लगाउनेलाई कोरोना संक्रमणको डर उत्तिकै हुन्छ ।

तर, पूरै अनुहार छोपिनेगरी अर्थात निधारदेखि चिउँडोसम्म र एक कानदेखि अर्को कानसम्म छोपिनेगरी लगाईएको फेससिल्डले भने अन्य फेससिल्डको तुलनामा राम्रो काम गर्ने बताईएको छ । ्तर अनुसन्धाताहरुले फेससिल्ड लगाएर पनि मास्क भने लगाउन नछोड्न आग्रह गरेका छन् । याहुहेल्थबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL