Logo

मोटोपन भएकालाई कोरोना भाईरसविरुद्धको खोपले पनि बचाउन नसक्ने वैज्ञानिक निष्कर्ष, यस्तो छ कारण

मोटोपन भएकालाई कोरोना भाईरसविरुद्धको खोपले पनि बचाउन नसक्ने वैज्ञानिक निष्कर्ष, यस्तो छ कारण



काठमाडौं । पछिल्लो समय फैलिएको कोरोना भाईरसका कारण विश्व अपांगसरह भएको छ । तर, यसको मुक्ति भने एक खोपमा टिकेको छ । हाल अमेरिकामा मात्रै ४६ लाख बढी संक्रमित हुँदा १ लाख ५५ हजार बढीको मृत्यु भईसकेको छ । कोरोना संक्रमणमा मोटोपनले धेरैभन्दा धेरै असर पारेको वैज्ञानिकले निष्कर्ष निकालेका छन् ।

laxmi

वैज्ञानिकहरुले खोपले ईन्फ्लुएन्जा, हेपाटाईटीस बी, टिटानस र रेबिजविरुद्ध राम्रो असर पार्ने तर, मोटोपन भएका मानिसलाई भने खोपले असर नपार्ने बताएका छन् । अन्य मानिसको तुलनामा जुनसुकै खोपले मोटोपन भएका मानिसलाई कम असर पार्छ । यस्तै वैज्ञानिकहरुले कोरोना भाईरसको भ्याक्सिनले समेत मोटा मानिसलाई कम असर पार्ने बताएका छन् ।

वैज्ञानिकहरु आगामी बर्षसम्ममा मोटोपन भएका मानिसहरुलाई पनि असर पार्ने हिसावले खोप निर्माण गर्न सकिन्छ कि भनेर खोज गरिरहेका छन् ।
अमेरिकामा हाल १ करोड ७० लाख बढी बयस्कहरु मोटोपनको शिकार भएका छन् । यदि उनीहरुका लागि प्रतिरक्षा गर्न सकिने खोप तयार पार्न सकियो भने उनीहरुको परिवारका लागि रेखदेख गर्न सकिने क्षमता विकास हुने थियो ।

अमेरिकाका केही प्रान्त र शहरहरुमा कोरोना भाईरसका बिरामीहरुलाई उनिहरुको शरिरको तौलअनुसार अर्थात मोटोपन अनुसार वर्गीकरण गरिएको छ । ४० किलोभन्दा कम, बढी, १ सय किलोसम्मका बिरामीहरुलाई छुट्टाछ्ट्टै गरी वर्गीकरण गरिएको छ । तर १ सय पाउन्डभन्दा बढी तौल भएका बिरामीहरुलाई भने धेरै खतरायुक्त बिरामी मानिएको छ । अमेरिकामा यस्ता बिरामीको संख्या ९ प्रतिशत रहेको छ ।

पछिल्लो समय संक्रमित थपिँदै जाँदा अमेरिकी सरकारले समेत मोटोपन बढी भएका बिरामीहरुलाई उच्च सतर्क रहन निर्देशनसमेत दिएको छ । यस्तो समस्या भने अमेरिकाका ४२ प्रतिशत बढीमा रहेको पाईएको छ ।

मोटोपनले क्यान्सर, मुटुसम्बन्धी रोगलगायत निम्त्याउँछ भन्ने त सर्वविदितै छ । यस्तै हालै गरिएको एक अध्ययनअनुसार वैज्ञानिकहरुले मोटोपनले मानव शरीरको प्रतिरक्षा प्रणालीमा समेत ह्रास ल्याउने पत्ता लगाएका छन् । मोटोपन भएका मानिसहरु कोराना भाईरसलगायतका अन्य रोगहरुबाट पनि कम तौल भएका मानिसको तुलनामा बढी ग्रसित हुने देखिएको छ ।

स्वस्थ प्रतिरक्षा प्रणालीले सेता रक्तकोषलाई सक्रिय तुल्याई बाहिरी भाईरसबाट पर्याप्त प्रतिरक्षा गर्दछ । र खोपले पनि सजिलै सकारात्मक असर पार्दछ । तर अध्ययनले मोटोपन भएका मानिस, उच्च रक्तचाप भएका मानिसहरुमा प्रतिरक्षा प्रणाली न्यू हुने र खोपले कम असर गर्ने बताएका हुन् । सिएनएनबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL