Logo

रोजगारमा कोरोना संक्रमणको प्रभाव : विश्वभर जागिरे महिलाका दुख थपिए, तलब घट्यो, जागिर गुमाउने क्रम पनि बढ्यो

रोजगारमा कोरोना संक्रमणको प्रभाव : विश्वभर जागिरे महिलाका दुख थपिए, तलब घट्यो, जागिर गुमाउने क्रम पनि बढ्यो



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रभाव हरेक क्षेत्रमा परेको देखिन्छ । समग्र विश्वलाई नै प्रभाव पारेको कोरोना संक्रमणबारे पछिल्लो समय मिहिन अध्ययनहरु पनि हुन थालेका छन् । हालैको एक अध्ययनले विश्वमा कोरोना भाईरसका कारण जारी गरिएको लकडाउनमा लोग्नेमान्छेभन्दा महिलालाई धेरै पिरोलेको निष्कर्ष निकालेको छ ।

laxmi

विश्वकै विकसित र स्वतन्त्र भनिएको मुलुक बेलायतमा पनि लकडाउनको समयमा काम गर्ने पुरुषभन्दा महिला बढी पीडित भएको पाईएको हो । बेलायतस्थित फिस्कल विश्वविद्यालयमा गरिएको एक अध्ययनमा बालबच्चा भएका महिलाहरु बढी पीडित भएको पाईएको हो । पुरुषको तुलनामा महिलाले बढी रोजगारी गुमाएका छन् ।

कामकाजी महिलाहरु आफ्नो जागिरमा भन्दा बढी समय बालबच्चाको स्याहारसुसारमा विताउँछन बाध्य भए जसका कारण उनिहरुको जागिर जाने सम्भावना अत्याधिक रह्यो ।

पछिल्लो समय विश्वभर लागु गरिएको लकडाउनले महिलाहरुलाई बढी प्रभावित तुल्याएको छर उनिहरुको भविष्यन धरापमा पर्ने देखिएको छ ।
पहिल्यै कामको तलव लिने मानिसहरुलाई पनि लकडाउनले जागिर छोडनु पर्नेसम्मको समस्या देखापरेको छ ।

हाल सबै विद्यालयहरु बन्द छन् । जसका कारण सबै बालबच्चाहरु घरमै बस्छन र अभिभावकहरु पनि सोही अनुसार घरमै बस्न बाध्य छन् । तर, बालबच्चको जिम्मेवारी भने महिलाले बढी निर्वाह गर्नुपर्दा महिलाहरुलाई मुख्य रुपमा समस्या उत्पन्न भएको देखियो ।

कोरोना संक्रमण अघि पनि विश्वमा पुरुषको तुलनामा महिलालाई दिने तलब २० प्रतिशतले कम हुन्थ्यो । तर , लकडाउनपछि यसको अनुपात ३० प्रतिशतले कमी हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL