Logo

तपाईको शरीरमा कस्तो छ ‘ईन्नेट ईम्युनिटी’ ? जसले निर्धारण गर्नेछ तपाईमा कोरोना संक्रमण छ कि छैन

तपाईको शरीरमा कस्तो छ ‘ईन्नेट ईम्युनिटी’ ? जसले निर्धारण गर्नेछ तपाईमा कोरोना संक्रमण छ कि छैन



काठमाडौं । हालै विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी सम्बन्धी अच्चम्म लाग्दा तथ्यहरु सार्वजनिक हुँदैछन् ।

laxmi

कोरोना संक्रमणको फैलावट र यसको स्वरुप मात्रै नभएर लक्षणका कारण पनि यो अच्चम्म लाग्दो छ । यसको लक्षण कसैलाई धेरै देखिन्छ भने कसैलाई देखिदैन र कसैलाई अलिअलि मात्रै देखिन्छ ।
हालै मानव शरिरमा हुने ‘ईन्नेट ईम्युनिटी’ अर्थात आन्तरिक रोग प्रतिरोधीसम्बन्धी एक अध्ययन गरिएको छ ।

‘ईन्नेट ईम्युनिटी’ भनेको मानव शरीरमा जन्मजात हुने प्रतिरोधी क्षमता हो । जसले खराब भाईरसविरुद्ध एन्टीबोडी सिर्जना गरेर भाईरससँग लड्ने क्षमता राख्दछ । उक्त अध्ययनले हाम्रो शरिरमा भएका कोषहरुले शरिरमा एन्टीबोडी निर्माण कसरी गर्न सक्छन भन्नेबारे विस्तृत विश्लेषण गरेको छ । जुन कोरोना भाईरस संक्रमितसँग प्रभावित छ ।

यस्तै हाम्रो शरिरभित्र कोष नष्ट हुने क्रियाकलापले पनि यसमा ठुलो भुमिका खेलेको पाईने बताईएको छ । सेतो रक्तकोषमा भएको म्याक्रोफेजले रगतमा भाईरस भएका या नभएको भनेर सेन्सरको काम गर्छ । र साईटोकाईन नामक प्रोटिनको निर्माण गर्छ । जसले अन्य कोष निर्माणमा सहयोग गर्नुका लागि शरिरको ‘ईन्नेट ईम्युनिटी’लाई बढावा दिने काम गर्छ र एन्टीबोडी निर्माणमा सहयोग पुग्छ ।

उक्त साईटोकाईन शरीरमा जिवित रहन आवश्यक हुन्छ । यदी शरिरमा केही गडबड हुने वित्तीकै साईटोकाईनलाई सूचना पुग्छ र ईम्युन पावरमा असर पुग्दछ । यसपछि भाईरसको आक्रमण हुँदा मानव शरिरमा भएका संक्रमित कोषहरु आत्महत्या गर्छन । जसका कारण उक्त कोषबाट अन्य कोषमा संक्रमण जान सक्दैन । र त्यसैगरी मानव शरिरमा भएको ‘ईन्नेट ईम्युनिटी’को क्षमता अनुसार कोरोना संक्रमितहरुमा यसको लक्षण कम वा बढी देखिने गर्दछ ।

यस्तै अन्य विभिन्न साईटोकाईनले मानव शरिरमा नेगेटिभ रोल पनि उत्तिकै मात्रामा खेलिरहेका हुन्छन । संक्रमण भएपछि मुटुको चालमा गडबढी हुने, श्वासप्रश्वासमा समस्या हुनेलगायतका समस्या भने नेगेटिभ साईटोकाईनका कारण हुने गर्दछन ।

तर यस्ता नेगेटिभ साईटोकाईनलाई नियन्त्रण गर्न विभिन्न औषधिहरुको पनि आवश्यकता पर्दछ । जसका कारण साईटोकाईनले मानव शरिरमा अन्य असर नगरोस । तर धेरै कम्पनी तथा देशमा परिक्षण गरिएपनि हालसम्म कुनै औषधि पत्ता लगाउन सकिएको छैन ।–वी फोरमबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL