Logo

बैंकिङ फ्रड बढेसँगै राष्ट्र बैंकको नयाँ कदम, वित्तीय संस्थाको एचआर नीतिमा हस्तक्षेप

बैंकिङ फ्रड बढेसँगै राष्ट्र बैंकको नयाँ कदम, वित्तीय संस्थाको एचआर नीतिमा हस्तक्षेप



काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा ठगी बढेसँगै राष्ट्र बैंकले एचआर पोलिसीमा हस्तक्षेप गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाको मानव संसाधन एकदमै कमजोर भएका कारण बैंकिङ फ्रड बढेको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले हस्तक्षेप गर्न लागेको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए ।

‘तपाँईहरुले बैंक तथा वित्तीय संस्थामा बैंकिङ क्षेत्रको सामान्य जानकारी समेत नभएको कर्मचारी राख्दा अहिले यस क्षेत्रमा ठगी बढेको हो,’ ग्लोबल आईएमई र जनता बैंक मर्जर पछिको एकिकृत कारोबार कार्यक्रममा बोल्दै उनले भने, ‘बैंकको चेक बुक कसलाई दिन हुन्छ हुँदैन भन्ने समेत ज्ञान नभएको कमचारी राख्दा म आफुलाई नियामक निकायको प्रमुख हुँ भन्न पनि लाज लागिरहेको छ ।’

राष्ट्र बैंकले कर्मचारीको क्षमता अभिवृद्धिका लागि नाफाको ३ प्रतिशत रकम छुट्याएपनि सो रकम उक्त क्षेत्रमा खर्च नगरेका कारण कर्मचारीहरुमा ज्ञानको कमि भएको उनको आरोप थियो ।

‘कर्मचारीलाई सामान्य जानकारी समेत नहुँदा बैंकिङ क्षेत्रमा ठगी बढेको निष्कर्ष निकाल्दै आगामी दिनमा बैंक वित्तीय संस्थाको एचआर पोलिसी नै राष्ट्र बैंकले बनाई दिने सोचमा छ अबका दिनमा तपाईहरु सच्चिएर अघि बढ्नुस ।’

यसैगरी अबका दिनमा बैंकहरु डिजिटल प्रविधिमा लगानी बढाउन समेत उनले निर्देशन दिए । बैंकहरुले अहिले डिजिटल प्रविधिमा एकदमै न्यून खर्च गरेको भन्दै अबका दिनमा द्रूत गतिमा बढाउनुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले अबका दिनमा केवाईसी भनेजस्तै केवाईई समेत राख्नुपर्ने बताए । ‘अहिले बैंकहरुले ठेक्कामा कर्मचारी लिदाँ समस्या देखिएको छ,’ उनले भने, ‘त्यसरी चल्दैन अबका दिनमा नो योर कस्टुमर भनेजस्तै नो योर इम्प्वलाई समेत राख्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL