Logo

‘ईश्वर’को नाममा सपथ लिँदै सांसद, इमान्दारीका साथ काम गर्ने प्रतिवद्धता

‘ईश्वर’को नाममा सपथ लिँदै सांसद, इमान्दारीका साथ काम गर्ने प्रतिवद्धता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रदेश सभा सांसदहरुले आइतबार सपथ ग्रहण गरेका छन् । उनीहरुको सपथ ‘ईश्वरको नाममा’ हुन् । तर कसैले ‘ईश्वर’को ठाउँमा ‘जनता’ उच्चारण गर्न सक्नेछन् ।

त्यस्तै सपथ ग्रहणको व्यहोरा नेपालीमा छ । सांसदहरुले आफ्नो मातृभाषामा अनुवाद गरेर पनि सपथ लिन व्यवस्था गरिएको छ ।
आइतबार सांसदहरुले उनीहरुले जनताको सोझो चिताई, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनियता कायम राखी इमान्दारीका साथ कामकाज गर्ने सपथ खाएका छन् ।

५५० सांसदहरुको शपथ ग्रहण सम्बन्धित प्रदेशको अस्थायी मुकाममा भएको हो ।
देश संघीयतामा गइसकेपछि नेपालको इतिहासमै पहिलो पटक हुन लागेको शपथ ग्रहणसँगै प्रदेशहरुको गठन र कार्य औपचारिक रुपमा सुरु हुनेछ ।

साथै अब प्रदेशसभाको बैठक बस्ने, प्रदेशका सभामुख चयन गर्ने मुख्यमन्त्री र मन्त्रीहरुको चयन हुने तथा विभिन्न विधेयकहरु पारित हुनेलगायतका कामहरु अगाडि बढ्ने छ ।

मुख्यमन्त्री चयन र प्रदेश सरकार गठनका लागि भने अझै केही साता लाग्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL