Logo

महानगरका मेयर शाक्य भन्छन् ‘फोहोर सफा गर्न बिहीबारदेखि सडकमा निस्कन्छु’

महानगरका मेयर शाक्य भन्छन् ‘फोहोर सफा गर्न बिहीबारदेखि सडकमा निस्कन्छु’


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । काठमाडौं महानगरपालिकाका नवनिर्बाचित मेयर विद्यासुन्दर शाक्यले बुधबारदेखि कार्यभार सम्हालेका छन् । महानगरपालिकाको बागदरबारस्थित मेयरको कार्यकक्षबाट शहर सफा गर्ने कार्य योजना सहितको फाइलमा पहिलो हस्ताक्षर गरे।

क्लिन द सिटी अभियानमा मेयर शाक्य आफै सडकमा निस्किएर बिहीबारदेखि सडक सफाइको अभियान शुरु गर्ने बताए । काठमाडौंमा सडकमा मास्क लगाएर हिड्नुपर्ने अवस्था हठाउने उद्देश्य उनको छ ।

‘महानगरका सडकमा मास्क नलगाइ हिड्न सक्ने अवस्था छैन’ उनले भने ‘अव विदेशी प्रबिधि र साधन स्रोत आयात गरेरै भएपनि मास्क नलगाई हिडढ्न मिल्ने बनाउने छु ।’

सो अवसरमा उनले नेवार समुदायको नेपाल भाषलाई सरकारी कामकाजीको भाषा बनउने समेत बताए । सो प्रस्तवमा पनि मेयर शाक्यले हस्ताक्षर गरेका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL