काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारद्वारा प्रस्तुत गरिएको कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट मंगलबार प्रतिनिधिसभाबाट पारित भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा विनियोजन विधेयक, २०८२ पेश गर्दै पारित गरियोस् भनी प्रस्ताव राखेका थिए, जसलाई सभाले बहुमतले अनुमोदन गर्यो।
तर, बजेट पारित गर्ने महत्त्वपूर्ण कार्यसूचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदहरू अनुपस्थित रहे। यी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग गर्दै मंगलबारको बैठक बहिष्कार गरेका हुन्।
१४ जेठदेखि लगातार विरोध, नाराबाजी र अवरोध गर्दै आएका दुवै दलले सरकारले प्रस्तुत गरेको जवाफलाई अपर्याप्त भन्दै संसद बैठकमा सहभागी नहुने रणनीति लिएका छन् । बजेट पारित भए पनि संसदीय प्रक्रियामा देखिएको असहयोगले राजनीतिक समन्वयमा चुनौती देखिएको छ ।