Logo

बाइबल बेचेर करोडौं कमाए, सुन र क्रिप्टोमा अर्बौ लगानी ! यसरी बने डोनाल्ड ट्रम्प अर्बपति

बाइबल बेचेर करोडौं कमाए, सुन र क्रिप्टोमा अर्बौ लगानी ! यसरी बने डोनाल्ड ट्रम्प अर्बपति



काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक विश्वकै शक्तिशाली पदको दौडमा छन् । यस वर्षको अन्त्यमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावको दौडमा ट्रम्पले जित्ने धेरैको आँकलन छ । ट्रम्प विश्वका धनी नेतामा गनिन्छन् । राष्ट्रपति हुनुअघि पनि उनीसँग अर्बौंको सम्पत्ति थियो र अहिले पनि विभिन्न स्रोतबाट उनको मनग्य आम्दानी भइरहेको छ ।

एपीको एक रिपोर्टमा डोनाल्ड ट्रम्पको पछिल्लो वित्तीय खुलासालाई उद्धृत गर्दै भनिएको छ कि डोनाल्ड ट्रम्पको आम्दानीको स्रोत के हो र जहाँ उनले लगानी गरेका छन् । हालैको खुलासामा यस्ता धेरै कुराहरु उल्लेख गरिएको छ, जसलाई थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ । उदाहरणका लागि, डोनाल्ड ट्रम्पले क्रिश्चियनहरूको पवित्र धर्मशास्त्र बाइबलको बिक्रीबाट पनि धेरै कमाउँछन् ।

डोनाल्ड ट्रम्प विश्वका धनी नेताहरूमा गनिन्छन् । उनी घरजग्गा व्यवसायका लागि चर्चित छन् । यद्यपि उनको आम्दानीका स्रोतहरूमा अन्य धेरै रोचक स्रोतहरू पनि छन् ।

वास्तवमा, ट्रम्पले गायक ली ग्रीनवुडसँग मिलेर बाइबलको एउटा संस्करणलाई प्रवद्र्धन गर्छन्, जसलाई ग्रीनवुड बाइबल भनिन्छ । डोनाल्ड ट्रम्पले यसको बिक्रीबाट ३ लाख डलर कमाए । उनले लेटर्स टु ट्रम्प नामक पुस्तकको बिक्रीबाट ४.४ मिलियन डलर रोयल्टी आर्जन गरेका छन् । उनले ‘ए मगा जर्नी’ पुस्तकबाट ५ लाख डलर रोयल्टी पाएका छन् ।

त्यस्तै सन् १९८७ मा प्रकाशित ‘द आर्ट अफ द डिल’ नामक पुस्तकलगायत अन्य पुस्तकबाट उनले ५० हजारदेखि १ लाखसम्म आम्दानी गरेका छन् । यो आम्दानी गत वर्षको मात्र हो । व्यवसायका अलावा राजनीतिमा आउनुअघि डोनाल्ड ट्रम्प सिनेमा जगतसँग पनि जोडिएका छन् र धेरै हलिउड फिल्ममा पर्दामा देखिइसकेका छन् । बदलामा, नसले स्क्रिन एक्टर्स गिल्डबाट ९०,७६६ को वार्षिक पेन्सन पनि प्राप्त गर्दछन ।

डोनाल्ड ट्रम्पको कुल सम्पत्तिको सबैभन्दा ठूलो हिस्सा हाल उनको सोशल मिडिया कम्पनी ट्रुथ सोशलबाट आउँछ । ट्रम्पको कम्पनीमा ११ करोड ४० लाख शेयर छन्, जसको मूल्य २ अर्ब डलरभन्दा बढी छ । क्रिप्टोकरेन्सी र सुन डोनाल्ड ट्रम्पको पोर्टफोलियोको प्रमुख हिस्सा हो । उनले क्रिप्टोकरेन्सीमा १० लाख डलरभन्दा बढी लगानी गरेका छन् भने उनीसँग २.५ लाख डलरको सुनको बार छ ।

ट्रम्पको आफ्नो परम्परागत व्यवसाय रियल इस्टेटमा पनि ठूलो लगानी छ, जसबाट उनले नियमितरुपमा ठूलो आम्दानी गर्छन गत वर्ष उनले दुबईमा घर जग्गा लगानीबाट ३ मिलियन र ओमानबाट २ मिलियन डलरभन्दा बढी कमाए । उनले अर्जेन्टिना, बेलारुस, क्युवा र भारत जस्ता देशमा पनि रियल स्टेटमा लगानी गरेका छन् ।

ट्रम्पका अमेरिका र युरोपमा धेरै गल्फ कोर्स छन्, जसबाट उनले धेरै कमाउँछन् । गत वर्ष ट्रम्पले न्यु जर्सीको बेडमिन्स्टरमा रहेको क्लबबाट ३७ मिलियन डलर कमाए । त्यस्तै फ्लोरिडाको जुपिटर गल्फ क्लबले ३१ मिलियन डलर र स्कटल्याण्डको टर्नबेरी गल्फ कोर्सले ३३.५ मिलियन डलर कमाएको छ । फ्लोरिडाको मार–ए–लागो रिसोर्टबाट पनि उनलाई ५६ मिलियन भन्दा बढी नाफा भयो । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL