Logo

इन्फोसिसले कसरी बढाइरहेको छ बेलायती प्रधानमन्त्री र उनकी श्रीमतीको सम्पत्ति ?

इन्फोसिसले कसरी बढाइरहेको छ बेलायती प्रधानमन्त्री र उनकी श्रीमतीको सम्पत्ति ?



काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति बढ्दै गएको छ । दुई वर्षअघि बेलायती प्रधानमन्त्री र उनकी श्रीमती पहिलोपटक वार्षिक ‘सन्डे टाइम्स रिच लिस्ट’ मा परेका थिए । यो सूचीको २०२४ संस्करणमा उनीहरु अझमाथि पुगेका छन् । उनीहरू सूचीमा उकालो लाग्नुको कारण इन्फोसिसको आकर्षक सेयर होल्डिङ हो । सुनक र अक्षता दुवै ४४ वर्षका छन् ।

laxmi

यो जोडी गत वर्ष ६५१ मिलियन पाउण्डको अनुमानित सम्पत्तिको साथ सूचीमा २७५ औं स्थानमा थियो । अब यो जोडी सूचीमा २४५ औं स्थानमा उक्लिएको छ । योसँगै बेलायती प्रधानमन्त्रीको निवास ‘१० डाउनिङ स्ट्रिट’मा बस्ने सबैभन्दा धनी व्यक्ति बनेका छन् । अक्षता इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी हुन् । भनिन्छ, अक्षता मूर्ति श्रीमानभन्दा धेरै कमाउँछिन् ।

प्रधानमन्त्री सुनकको फेब्रुअरीमा प्रकाशित वित्तीय विवरणअनुसार उनले २०२२–२३ मा २२ लाख ब्रिटिश पाउण्ड कमाए । जबकि गत वर्ष मूर्तिले अनुमानित १ करोड ३० लाख ब्रिटिश पाउण्ड लाभांश कमाइन । अखबारको विश्लेषणमा भनिएको छ, ‘दम्पतीको सबैभन्दा मूल्यवान सम्पत्ति मूर्तिको बुबा (नारायण मूर्ति) ले सह–स्थापना गरेको बेंगलुरुमा रहेको आईटी कम्पनी इन्फोसिसमा मूर्तिको शेयर हो ।’

बेलायतको धनी परिवारको वार्षिक संकलनमा भारतीय मूलको हिन्दुजा परिवारलाई फेरि शीर्ष स्थानमा राखिएको छ । सेन्ट्रल लन्डनमा आफ्नो ब्रान्डको नयाँ लक्जरी ओडब्लुओ होटल खोलिएपछि गत वर्ष यो समूहको सम्पत्ति ३७.१९६ बिलियन पाउण्डमा पुगेको छ । भारतमा जन्मेका दाजुहरू डेभिड र साइमन रुबेन पनि यस वर्षको ‘सन्डे टाइम्स रिच लिस्ट’ को शीर्ष १० मा परेका छन्, जुन गत वर्षको चौथो स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन् । उनको सम्पत्ति करिब २४.९७७ बिलियन ब्रिटिश पाउण्ड रहेको अनुमान गरिएको छ ।

यो सूचीमा आठौं नम्बरमा आर्सेलर मित्तलका एनआरआई व्यापारी लक्ष्मीनारायण मित्तल छन् । उनको अनुमानित कुल सम्पत्ति १४.९२१ बिलियन ब्रिटिश पाउन्ड छ । अघिल्लो वर्षको तुलनामा उनी सूचीमा दुई स्थान तल झरेका छन् । त्यस्तै वेदान्त रिसोर्सेसका उद्योगपति अनिल अग्रवाल सूचीमा २३ औं स्थानमा छन् । उनको अनुमानित सम्पत्ति सात अर्ब ब्रिटिश पाउण्ड रहेको छ । उनी पनि २०२३ को तुलनामा एक स्थान तल झरेका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL