Logo

२५ वर्षमा ७८ अर्ब डलर दान गरेको ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’, अब कसले गर्ला नेतृत्व ?

२५ वर्षमा ७८ अर्ब डलर दान गरेको ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’, अब कसले गर्ला नेतृत्व ?



काठमाडौंं । विश्वको सबैभन्दा मूल्यवान कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा गेट्सले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको सह–अध्यक्ष पदबाट राजीनामाको घोषणा गरेकी छन् । मेलिन्डाले सन् २००० देखि यस फाउन्डेसनको नेतृत्व गर्दै आएकी छिन् । यस फाउन्डेसनले विगत २५ वर्षमा करिब ७८ अर्ब डलर दान गरेको छ । फाउन्डेसनले विकासोन्मुख देशहरूमा स्वास्थ्य सेवा, शिक्षा र गरिबी निवारणका लागि सहयोग गर्दै आएको छ ।

laxmi

बिल गेट्ससँगको पृथकीकरण सम्झौताअनुसार मेलिन्डा गेट्सले आफ्नो परोपकारी कार्यका लागि थप १२.५ बिलियन डलर पाउनेछिन् । मेलिन्डाको छुट्टिएपछि यस संस्थाको नाम गेट्स फाउन्डेशन राखिनेछ र बिल गेट्स यसको एकमात्र अध्यक्ष रहनेछन् ।

फाउन्डेसनका अध्यक्ष मार्क सुजम्यानले मेलिन्डा गेट्सले धेरै सोचविचार गरेर यो निर्णय गरेको बताए । अब उनी अमेरिका र विश्वभरका महिलाहरूको जीवन सुधार्न काम गर्न चाहन्छिन् । मेलिन्डाले इन्स्टाग्राममा पोष्ट गरेको एक विज्ञप्तिमा यो निर्णय लिनु उनको लागि सजिलो नभएको बताएकी छन् । ‘फाउन्डेसन बिल र मैले निर्माण गरेकोमा मलाई गर्व छ । यो फाउन्डेसनले विश्वभरको असमानता हटाउन काम गरिरहेको छ’, मेलिन्डाले जुन ७ मा फाउन्डेसन छाड्ने बताइन् र भविष्यमा आफ्ना योजनाका बारेमा जानकारी पनि बाँडिन् । यसैबीच, बिल गेट्सले ट्वीटरमा जारी गरेको विज्ञप्तिमा भने, ‘मलाई मेलिन्डाले छोडेकोमा दुःख लागेको छ तर, मलाई विश्वास छ कि उनले भविष्यमा केही महान परोपकारी काम गर्नेछिन् । म संसारभरि लाखौं मानिसहरूको जीवन सुधार गर्ने फाउन्डेसनको काममा पूर्णरूपमा समर्पित छु ।’

मेलिन्डा र बिलले मे २०२१ मा आफ्नो सम्बन्धविच्छेदको घोषणा गरेका थिए । त्यसबेलादेखि मेलिन्डाको फाउन्डेसनबाट अलग हुने अनुमानहरू सुरु भएको थियो । तर, त्यसपछि दुवैले सन् २०२३ सम्म फाउन्डेसनमा सँगै काम गर्ने कुरा गरेका थिए । सुजम्यानले फाउन्डेशनलाई सञ्चालन जारी राख्न अनुमति दिन जुलाई २०२१ मा एक आकस्मिक योजना घोषणा गरेका थिए । त्यसपछि उनले दुई वर्षपछि दुवैमध्ये कोही पनि सहअध्यक्षको रुपमा काम गर्न नसके मेलिन्डा गेट्सले सहअध्यक्ष र ट्रस्टीको पदबाट राजीनामा दिने बताएका थिए । मेलिन्डाले आफ्नो परोपकारी कामलाई अगाडि बढाउन गेट्सबाट व्यक्तिगत स्रोतहरू प्राप्त गर्नेछिन् ।

प्रख्यात लगानीकर्ता वारेन बफेटले १५ वर्षपछि जुन २०२१ मा फाउन्डेसनको ट्रस्टीको पदबाट राजीनामा दिएका थिए । मेलिन्डा गेट्सले २०१५ मा पिभोटल भेन्चर्स नामको एकछुट्टै परोपकारी संस्था स्थापना गरेकी थिइन । यो संस्थाले अमेरिकामा अल्पसंख्यक र महिलामाथि हुने भेदभाव हटाउन काम गर्छ । सन् २०१९ मा उनले यस संस्थालाई एक अर्ब डलर सहयोग गर्ने घोषणा गरेकी थिइन । बिल र मेलिन्डा गेट्सले आफ्नो अधिकांश सम्पत्ति दान गर्ने घोषणा गरेका छन् । गेट्स १५३ अर्ब डलरको सम्पत्तिसहित विश्वको पाँचौं धनी व्यक्ति हुन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL