Logo

यसकारण भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बनेपनि गरिब नै रहनेछ !

यसकारण भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बनेपनि गरिब नै रहनेछ !



काठमाडौं । भारत सन् २०२९ सम्ममा तेस्रो ठूलो अर्थतन्त्र बने पनि गरिब राष्ट्र नै रहने देखिएको छ । भारतीय रिजर्व बैंक (आरबीआई) का पूर्व गभर्नर डी सुब्बारावले सोमबार यस्तो चिन्ता व्यक्त गर्दै तेस्रो ठूलो अर्थतन्त्र बनेपनि उत्सव मनाउनुपर्ने कारण नरहेको बताए । सुब्बारावले एक कार्यक्रममासाउदी अरेबियाको उदाहरण पेश गर्दै धनी देश हुनुको अर्थ विकसित राष्ट्र नहुने बताए ।

laxmi

पूर्व आरबीआई गभर्नरले प्रधानमन्त्री नरेन्द्र मोदीको आफु सत्तामा फर्किए भारत आफ्नो तेस्रो कार्यकालमा तेस्रो ठूलो अर्थतन्त्र बन्ने भनाइलाई उद्धृत गरे । उनले धेरै अर्थशास्त्रीहरूले अमेरिका र चीनपछिको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेका छन् । सुब्बारावले भने, ‘मलाई लाग्छ यो सम्भव छ (भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने) तर यो उत्सव मनाउने कुरा होइन । किन ? हामी १ अर्ब ४० करोड मानिस भएकाले हामी ठूलो अर्थतन्त्र हौं र मान्छे उत्पादनको एक कारक हो । हामी ठूलो अर्थतन्त्र हौं किनभने हामीसँग मानिसहरू छन् । तर पनि हामी गरिब देश नै हौं । उनले भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको बताए । यसको अर्थतन्त्र ४ हजार अर्ब डलरको छ ।’

सुब्बारावले प्रतिव्यक्ति आय २६ सय अमेरिकी डलर रहेको तथा यस मामिलामा भारत १३९ औं स्थानमा रहेका बताए । ब्रिक्स र जी२० देशहरू मध्ये भारत सबैभन्दा गरीब रहेको उल्लेख गर्दै उनले अगाडि बढ्ने एजेण्डा स्पष्ट रहेको बताए । यस्तो अवस्थामा आर्थिक वृद्धिदरलाई गति दिनु र लाभ सबैमा वितरित हुने सुनिश्चित गर्नुपर्ने बताए ।

सुब्बारावले प्रधानमन्त्रीको भनाइलाई स्मरण गरे जसमा उनले भारतलाई सन् २०४७ सम्ममा विकसित देश बन्ने बताएका थिए । पूर्व गभर्नरका अनुसार विकसित राष्ट्र बन्नका लागि कानुनको शासन, बलियो राज्य, जवाफदेहिता र स्वतन्त्र संस्था आवश्यक हुन्छन । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL