Logo

बीमा कम्पनीमा पनि लाभांश नबाँड्ने ‘ट्रेन्ड’ बढ्यो, ८ कम्पनीले बनाए लगानीकर्ताको हात खाली

बीमा कम्पनीमा पनि लाभांश नबाँड्ने ‘ट्रेन्ड’ बढ्यो, ८ कम्पनीले बनाए लगानीकर्ताको हात खाली



काठमाडौं । आर्थिक वर्ष २०७९–८० को नाफाबाट लगानीकर्तालाई लाभांश नबाँड्ने बीमा कम्पनीको संख्या बढेको छ । फागुन महिनाको २५ गतेसम्म आउँदा ८ बीमा कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांश नदिने घोषणा गरेका छन ।

laxmi

हाल नेप्सेमा २४७ कम्पनी सूचीकृत छन । उक्त कम्पनीमध्ये ९७ भन्दा धेरै कम्पनीले यस वर्ष लगानीकर्तालाई कुनै पनि लाभांश नदिने भएका छन । पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्यालगायतका कुराका कारण कम्पनीले लगानीकर्तालाई लाभाँश बाँड्न नसकेका हुन । अहिलेसम्म ४ वटा जीवन बीमा र ७ वटा निर्जीवन बीमा गरी ११ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । पुँजी बजारमा जीवन बीमातर्फ १२ वटा र निर्जीवन बीमातर्फ १२ वटा गरी २४ वटा बीमा कम्पनी सञ्चालनमा रहेका छन् ।

जीवन बीमा कम्पनीतर्फ सिटिजन, रिलायबल, एशियन र सन नेपाल लाइफ इन्स्योरेन्स गरी ४ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स गरी ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।

जीवन बीमा कम्पनी कम्पनीको लाभांश तथ्यांक

यसैगरी, जीवन बीमातर्फ नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), हिमालयन लाइफ र सानिमा रिलायन्स लाइफ गरी चार वटाले लाभांश नदिने भएका छन । निर्जीवन बीमा कम्पनीतर्फ नेको इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र शिखर इन्स्योरेन्स गरी चार वटा निर्जीवन बीमा कम्पनीले आव २०७९÷८० को नाफाबाट लगानीकर्तालाई कुनै लाभांश नदिने घोषणा गरिसकेका छन् । अझै जीवन बीमातर्फ नेसनल लाइफ, सुर्य ज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ र आईएमई लाइफ गरी ४ वटा र निर्जीवन बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको मात्रै लाभांश घोषणा हुन बाँकी छन् ।

निर्जीवन बीमा कम्पनीको लाभांश तथ्यांक

प्रतिक्रिया दिनुहोस्
MBL