Logo

भ्यालेन्टाइनको सघांरमा विश्वभर चकलेटको मूल्यमा भारी वृद्धि हुने, न्यूयोर्क कमोडिटी बजारमा देखियो संकेत

भ्यालेन्टाइनको सघांरमा विश्वभर चकलेटको मूल्यमा भारी वृद्धि हुने, न्यूयोर्क कमोडिटी बजारमा देखियो संकेत



काठमाडैं । अहिले विश्वभर ‘भ्यालेन्टाइन डे’ स्वागत गर्न प्रेमीहरु व्यग्र छन् । केही दिनयता भ्यालेन्टाइन विक चलिरहेको छ । भ्यालेन्टाइन डेमा धेरै खपत हुनेमा फूलसँगै चलकेट पनि पर्छ । तर, यही समयमा विश्व बजारमा विश्वभर चकलेटको मूल्यमा भारी वृद्धिको संकेत देखिएको छ ।

laxmi

चकलेट बनाउन कोको बीन्स प्रयोग गरिन्छ । कोको उत्पादनमा पश्चिम अफ्रिका विश्वमा पहिलो स्थानमा छ । तर सुख्खाका कारण त्यहाँ यसको बाली प्रभावित भएको छ र यसका कारण कोकोको विश्वव्यापी मूल्य रेकर्ड स्तरमा पुगेको छ । बिहीबार, न्यूयोर्क कमोडिटी बजारमा कोकोको मूल्य प्रति टन ५८७४ डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो ।

पछिल्लो एक महिनामा मात्रै यसको मूल्य झण्डै दोब्बर भएको छ । जसका कारण चकलेट उत्पादन गर्ने कम्पनीहरुको लागत बढ्दै गएको छ र ढिलो चाँडो उनीहरुले चकलेटको मूल्य बढाउन सक्छन् । विश्वको सबैभन्दा ठूलो चकलेट उत्पादन गर्ने कम्पनी हर्सेले कोकोको बढ्दो मूल्यले यस वर्षको आम्दानीमा असर पार्न सक्ने बताएको छ ।

विश्वमा कोको बीन्सको सबैभन्दा ठूलो उत्पादन पश्चिम अफ्रिकाका दुई देश घाना र आइभरी कोस्टमा हुन्छ । विश्वमा सबैभन्दा धेरै कोको आपूर्ति यीनै दुई देशबाट हुन्छ । तर एल निनो प्रभावका कारण त्यहाँ खडेरीको अवस्था सिर्जना भएको छ । त्यहाँ कोको उत्पादन प्रभावित हुने सम्भावना छ । एल निनो एक स्पेनिश शब्द हो । यसको अर्थ सानो केटा हो ।

प्रशान्त महासागरमा पेरु नजिकैको तटको तापक्रम बढेको घटनालाई एल निनो भनिन्छ । जसका कारण समुन्द्रको सतहको तापक्रम सामान्य भन्दा ४–५ डिग्री बढी हुन्छ । यस गर्मीका कारण समुद्री हावाको बाटो र गति परिवर्तन भई मौसम चक्र नराम्ररी प्रभावित हुन्छ । अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL