Logo

एक खर्ब ३१ अर्बका मालिक रितेशको यात्रा : स्टार्टअपबाट ओयोको सफलतादेखि ‘शार्क ट्यांक इन्डिया’ को जजसम्म

एक खर्ब ३१ अर्बका मालिक रितेशको यात्रा : स्टार्टअपबाट ओयोको सफलतादेखि ‘शार्क ट्यांक इन्डिया’ को जजसम्म



काठमाडौं । स्टार्टअपहरूका लागि बनाइएको भारतीय रियालिटी टेलिभिजन शो ‘शार्क ट्यांक इन्डिया’ निकै चचिर्चत शो हो । यो शोको आगामी सिजनमा नयाँ जजका रुपमा आयो रुम्सका संस्थापक रितेश अग्रवालको प्रवेश भएको छ । यससँगै रितेश एकपटक फेरि लाइमलाइटमा छाएका छन् ।

laxmi

अब रितेश बोटका सह–संस्थापक अमन गुप्ता, शादी डटकमका संस्थापक अनुपम मित्तल, सुगर कस्मेटिक्सकी सीईओ विनीता सिंह र लेन्सकार्टका सह–संस्थापक पियुष बंसलसँगै शार्कको भूमिकामा देखिनेछन् र पिचर्सको व्यवसायमा पैसा लगानी गर्नेछन् । शार्क ट्यांकका अन्य शार्कहरूको तुलनामा, रितेशको कुल सम्पत्ति र व्यापार अरूभन्दा ठूलो छ । तर, उनको उमेर सबैभन्दा कम छ ।

खल्तीमा तीस रुपैयाँ

आज, रितेश अग्रवालसँग १.१ बिलियन डलर (करीब १ खर्ब ३१ अब नेपली रुपैयाँ) को सम्पत्ति भएपनि एक समय थियो जब उनको खल्तीमा ३० रुपैयाँको नोट मात्र थियो । ओडिशाको रायगढ जिल्लाका निवासी रितेशका बुबाले उनलाई आईआईटी इन्जिनियर बनोस् भन्ने चाहन्थे, तर स्कुल पढ्दादेखि नै रितेश आफ्नै काम सुरु गर्ने सोचमा थिए ।

बुबाको सल्लाहमा उनी आईआईटीको तयारी गर्न कोटा पुगे, तर त्यहाँ उनलाई मन लागेन । रितेशलाई घुम्न मन लाग्यो । तर, होटलमा बस्ने कुरा आएपछि होटल सञ्चालकलाई आग्रह गर्नुपरेको थियो । यो कुराले रितेशलाई निकै नराम्रो लाग्यो । यहीँबाट उनको दिमागमा यस्तो स्टार्टअप ल्याउने विचार आयो जसले जनताको यो समस्या समाधान गर्न सक्छ ।

सिमकार्ड बेचेर जीविकोपार्जन

यो समस्यालाई पार गर्न रितेशले सन् २०१२ मा ओराभेल स्टेज नामक स्टार्टअप सुरु गरे । तर, उनको स्टार्टअप असफल भयो र उनले घाटा बेहोर्नुप¥यो । त्यतिबेला रितेशको खल्तीमा जम्मा ३० रुपैयाँ थियो, जसलाई लिएर उनी दिल्लीको मोथ मार्केट पुगेका थिए । उनले सिमकार्ड किनेर बेच्न थाले । सन २०१३मा, रितेश थिएल फेलोशिपको लागी छनोट भए । उनले दुई वर्षे कार्यक्रमका लागि १ लाख डलर प्राप्त गरे । यही पैसाबाट उनले ओयो रुम सुरु गरे ।

सबैको ध्यान खिच्ने नाम

मानिसहरूले रितेशको विचार मन पराउन थाले । त्यतिबेला उनको कम्पनीको नाम ओराभेल स्टेज थियो । जुन पछि उनले ओयो रुम्समा परिवर्तन गरे । नाम परिवर्तनसँगै काम पनि तीव्र गतिमा अघि बढ्यो । तपाईंले धेरै देशका हरेक ठूला र साना सहरहरूमा ओयोका कोठाहरू पाउनुहुन्छ । जब आइडिया हिट भयो उनको व्यवसायमा लागनी पनि आउन थाल्यो ।

कति सम्पत्ति छ ?

रितेशको हालको नेट वर्थको कुरा गर्दा हुरुन रिच लिस्टअनुसार रितेश अग्रवालको कुल सम्पत्ति १.१ बिलियन डलर छ । उनलाई द्रुत गतिमा बढ्दै गएको व्यवसायीको रुपमा लिइन्छ । आज ओयोले ३५ देशमा व्यापार गरिरहेको छ । ओयोसँग १.५ लाखभन्दा बढी होटल आबद्ध छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL