Logo

प्रतिनिधिसभाबाट आगामी आवकाे बजेट बहुमतले पारित, विधेयकको पक्षमा १४७ मत

प्रतिनिधिसभाबाट आगामी आवकाे बजेट बहुमतले पारित, विधेयकको पक्षमा १४७ मत



काठमाडौं । प्रतिनिधिसभाले आगामी आर्थिक बर्षको बजेट पारित गरेको छ । हालसम्मकै पहिलोपल्ट बजेटमाथि मतदान भएको सभामा आगामी आवको बजेट बुधबार बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विनियोजन विधेयकमाथि मत विभाजन माग गरेपछि बजेट पारित गर्न मतदान गरिएको थियो ।

laxmi

जसमा विनियोजन विधेयकको पक्षमा १ सय ४७ मत र यसको विपक्षमा १ सय ८ जनाले मतदान गरेका थिए । संसदमा आज २ सय ५५ जना सांसदको उपस्थिति थियो ।

त्यसमध्ये १ सय ४७ सांसदले यसको पक्षमा मतदान गरेपछि यो बहुमतले पारित भएको हो । यसअघि लामो समय चलको बजेटमाथिको छलफलमा बजेटको केहि बुँदाहरु संशोधन गर्नुपर्ने माग केहि सांसदहरुले राखेका थिए । त्यसमा प्रमुख प्रतिपक्षी दल रास्वपा र एमालेले मत विभाजन माग गरेका हुन् ।

त्यसअघि अर्थमन्त्री डा. महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनि मतका लागि प्रस्ताव गरेका थिए।

उक्त प्रस्तावको पक्षमा बहुमत रहेको भन्दै उनले विनियोजन विधेयक २०८० पारित भएको घोषणा गरेका थिए । त्यसपछि नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले मत विभाजनको माग गरेका थिए । मत विभाजनको माग भएपछि सभामुखले उक्त प्रक्रिया अगाडि बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL