Logo

११ महिनामा १३ खर्बको व्यापारघाटा, आयात निर्यात दुबै ओरालो

११ महिनामा १३ खर्बको व्यापारघाटा, आयात निर्यात दुबै ओरालो



काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा नेपालले १३ खर्ब ३७ अर्ब रुपैयाँ बढीको व्यापारघाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि जेठ मसान्तसम्म नेपालले १४ खर्ब ८० अर्बको वस्तु आयात गर्दा निर्यातित वस्तु न्युन हुँदा उक्त रकम बराबरको व्यापारघाटा व्यहोरेको हो ।

laxmi

विभागका तथ्यांक अनुसार नेपालले यस अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बढीको वस्तु आयात गर्दा जम्मा १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यसरी यस अवधिमा नेपालले जम्मा १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

चालु आर्थिक बर्षको ११ महिनामा नेपालले गत बर्षको सोही अवधिको तुलनामा व्यापारघाटा १५.२१ प्रतिशतले घटाउँदा निर्यात आयात क्रमशः १६ र २२ प्रतिशतले घटाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL