Logo

टाट पल्टियो भारतको तेस्रो ठूलो एयरलाइन्स : बैंकहरु संकटमा, साढे ११ हजार करोड ऋण दायित्व

टाट पल्टियो भारतको तेस्रो ठूलो एयरलाइन्स : बैंकहरु संकटमा, साढे ११ हजार करोड ऋण दायित्व



काठमाडौ । भारतको तेस्रो ठूलो एयरलाइन्स कम्पनी ‘गो–फर्स्ट एयरलाइन्सले मे ३, ४ र ५ का लागि आफ्ना सबै उडानहरू रद्द गरेको छ । एयरलाइनले एनसीएलटीमा स्वैच्छिक दिवालिया प्रक्रिया अर्थात टाट पल्टिएको घोषणाको लागि आवेदन दिएको छ । यसको सीधा अर्थ यो हो कि एयरलाइन टाट पल्टिएको छ ।

laxmi

गो–फर्स्टले विभिन्न बैंकबाट ऋण लिएको छ । यी बैंकहरूमा बैंक अफ बडोदा, आईडीबीआई बैंक र एक्सिस बैंक जस्ता ठूला बैंकहरू पनि सामेल छन् । यी बैंकहरूले सो एयरलाइन्स कम्पनीबाट बाट कुल ६५२१ करोड रूपियाँ लिनु पर्नेर्छ । यस्तै गो–फर्स्टको कुल दायित्व भने ११४६३ करोड रुपैयाँ छ ।

बैंकको शेयर घट्यो

गो–फर्स्टको टाट पल्टिएको कार्यवाहीको लागि प्राप्त आवेदनअनुसार भारतको केन्द्रीय बैंक र ड्यूश बैंक जस्ता बैंकहरू पनि गो–फर्स्टको वित्तीय ऋणदाताहरू मध्ये रहेका छन् । जसका कारण बुधबारको प्रारम्भिक कारोबारमा सेन्ट्रल बैंक अफ इन्डियाको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको थियो । जबकि बैंक अफ बडोदा, आईडीबीआई बैंक र एक्सिस बैंकको सेयरमा पनि क्रमशः २.१८%, १.०६% र १.९% ले गिरावट आएको छ ।

गोफर्स्टले अप्रिल मसान्तसम्म यो ऋण चुक्ता गरेको थिएन । गो–फर्स्टले आफ्नो फाइलिङमा यो जानकारी दिएको छ । ‘यद्यपि, कर्पोरेट आवेदकको वर्तमान आर्थिक स्थितिलाई ध्यानमा राख्दै, निकट भविष्यमा ऋणमा डिफल्ट हुने सम्भावना छ,’ फाइलिङमा उल्लेख छ ।

खराब इन्जिन जिम्मेवार

वाडिया समूहको स्वामित्वमा रहेको गोफर्स्टले मंगलबार टाट पल्टिएको घोषणाका लागि आवेदन गर्दै अब आफ्नो वित्तीय दायित्वहरू पूरा गर्न नसक्ने जनाएको छ । यसका लागि एयरलाइन्सले अमेरिकी कम्पनी प्राट एन्ड ह्विटनीको खराब इन्जिनलाई दोष दिएको छ, जसका कारण यसको ५० प्रतिशत फ्लीट उडान गर्न असमर्थ भएको छ । इटीले गत महिना एक स्रोतलाई उद्धृत गर्दै वाडिया समूहले गोफर्स्टमा ३०० करोड रुपैयाँ लगानी थप गर्ने बताएको थियो ।

वाडिया समूहले ३ हजार करोड लगानी गरेको छ

गो–फर्स्टले गत आर्थिक वर्ष २०७५÷७६ मा अहिलेसम्मकै उच्च घाटाको रिपोर्ट गरेको थियो । गो–फर्स्ट ले हवाई यात्राको बढ्दो मागको बीचमा यसको सञ्चालनको लागि सरकारको आपतकालीन क्रेडिट लाइन ग्यारेन्टी योजना अन्तर्गत ६०० करोड रुपैयाँ ऋण पनि लिएको थियो । इटीको एक रिपोर्टअनुसार वाडिया समूहले विगत १५ महिनामा एयरलाइनमा लगभग ३,००० करोड रुपैयाँ लगानी गरेको छ ।

गो–फर्स्टका ऋणदाताहरूलाई स्वैच्छिक दिवालियापनको लागि फाइल गर्ने एयरलाइनको योजनाको बारेमा थाहा थिएन । गो–फर्स्टको सबै ऋणदाताहरूको कुल दायित्व ११४६३ करोड रुपैयाँ छ । यी ऋणदाताहरूमा बैंकहरू, वित्तीय संस्थाहरू, विक्रेताहरू र विमान भाडामा लिनेहरू समावेश छन् । गो फर्स्टले हाल कम्पनीको सम्पत्ति दायित्व तिर्न पर्याप्त नभएको दावी गरेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL