Logo

१०६ पृष्ठको प्रतिवेदनले हल्लायो अडानीको साम्राज्य, धनीको दौडमा पनि पछि पर्दै

१०६ पृष्ठको प्रतिवेदनले हल्लायो अडानीको साम्राज्य, धनीको दौडमा पनि पछि पर्दै



काठमाडौं । जनवरी २०२३ को शुरुका दिनहरूमा सबै ठीक थियो, तर अचानक भूकम्प गयो जसले गौतम अडानीको साम्राज्यलाई हल्लायो । अमेरिकाको यो रिपोर्टका कारण गौतम अडानीको सम्पत्ति ध्वस्त भयो । उनको सम्पत्ति निरन्तर घटिरहेको छ ।

एक समय फोब्र्सको रियल टाइम अर्बपतिको सूचीमा एलोन मस्कलाई पछि पारेका गौतम अडानी आज आफैं पछि परिररहेका छन् । जनवरी २७ मा उनको सम्पत्ति २२.७ अर्ब डलरले घटेर ९६.५ अर्ब डलर पुगेको छ । उनको सम्पत्ति १९ प्रतिशतभन्दा बढीले घटेको छ ।

यो रिपोर्टले आतंक मच्चायो

अमेरिकी अनुसन्धान कम्पनी फर्म हिन्डनबर्ग रिपोर्टले २४ जनवरीमा १०६ पृष्ठको रिपोर्ट जारी ग¥यो । यो रिपोर्टले अडानी समूहको रातको निन्द्रा उडाइदियो । दुई दिनभित्र, अडानी समूहको मार्केट क्याप २.३७ लाख करोडले घट्यो । यति मात्र होइन, गौतम अडानीको सम्पत्ति १०० अर्ब डलरभन्दा तल झरेको छ । फोर्ब्सको रियल टाइम अर्बपति सूचकांकमा गौतम अडानी सातौं स्थानमा झरेका छन् ।

१.८४ लाख करोड एकै झटकामा गायब

यो प्रतिवेदन आएपछि हंगामा मच्चिएको छ । अडानी समूहको शेयर घट्दै गएको छ । उनको सम्पत्ति २४ घण्टामा १८ प्रतिशतले घटेको छ । अडानीले एकै दिनमा १ लाख ८४ हजार करोडको घाटा बेहोरेको छ । यो गिरावटपछि गौतम अडानीको कुल सम्पत्ति ९८.६ अर्ब डलरमा झरेको छ । अडानी समूहको शेयर १० देखि २० प्रतिशतले घटेको छ ।

अडानी टोटल ग्यास, अडानी ट्रान्समिसनको सेयर २० देखि ३० प्रतिशतले घटेको छ । वास्तवमा, फोरेन्सिक वित्तीय अनुसन्धान फर्म हिन्डनबर्गले आफ्नो रिपोर्टमा अडानी समूहका कम्पनीहरूमा धेरै ऋण रहेको बताएको छ । कम्पनीले ८५% भन्दा बढी सेयरको मूल्यांकन गरेर सो रिपार्ट तयार पारेको उल्लेख गरेको छ । जसमा अडानीका कम्पनीहरुले सेयरमा हेरफेर गरेको दाबी गरिएको छ । यति मात्र होइन, कम्पनीले लेखामा ठगी गरेको पनि प्रतिवेदनमा छ । यद्यपि अडानी समूहले यो रिपोर्टलाई गलत र आधारहीन भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL