Logo

आगामी आर्थिक मन्दी : कारण र बजारमा पर्ने प्रभाव

आगामी आर्थिक मन्दी : कारण र बजारमा पर्ने प्रभाव



काठमाडौं । पछिल्लो समय बढिरहेको अत्याधिक मूल्यवृद्धि, व्याजदर तथा खस्किँदो रोजगारीका कारण चालु बर्ष सन २०२३ मा विश्व आर्थिक मन्दी निम्तिने डर देखाईएको छ । अघिल्लो हप्तामात्रै विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वका धेरै राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ठुलो गिरावट आउने बताईएको थियो ।

laxmi

सोही अनुसार नेपालमा पनि पछिल्लो समय बढिरहेको मूल्यवृद्धि, बैंकको ब्याजदर र लगानीयोग्य रकमको अभावका कारण धेरैजसो क्षेत्रमा आर्थिक मन्दीको संकेत देखिसकेको केन्द्रिय बैंकले संकेत गरेको छ । यता निजी क्षेत्रका छाता संगठनहरुले पनि उत्पादन र व्यापारमा मन्दी सुरु भएको संकेत दिईसकेका छन् । यी सबै प्रक्रियालाई हेर्दा विश्व आर्थिक मन्दीमा त जान्छ नै त्यसमा पनि नेपाललााई ठुलो असर पर्ने संकेत देखिसकेको छ ।

अमेरिका, बेलायत, भारत, चीनलगायतका ठुलो अर्थतन्त्र भएका मुलुकमा यो बर्ष आर्थिक मन्दी निम्तिनेबारे अर्थविद्हरु पनि उत्तिकै चिन्तित छन् । एकाएक विश्वभर फैलिएको कोरोना महामारीले ध्वस्त पारेको आपुर्ति श्रृङ्खलाले अमेरिकी केन्द्रिय बैंक ब्याजदर वृद्धिको चपेटामा छ । जसका कारण पनि अमेरिका आर्थिक मन्दीको पहिलो चरणमा प्रवेश गरिसकेको बताईएको छ । तर, अमेरिकालगायत विश्वभरी नै आर्थिक मन्दी आएमा यो कति दिन, महिना या बर्ष चल्नेछ ? भन्ने भविष्यवाणी हालै गर्न नसकिने विज्ञहरु बताउँछन् ।

गोल्डमेन साच र जेपी मोर्गन चेसले यो बर्ष आर्थिक व्यवस्थामा केहि अप्ठ्यारो अवस्था सिर्जना हुने बताउँछन् । तर, बारक्लेजले भने यो बर्ष आर्थिक क्षेत्रमा ४० बर्षयताकै खराव अवस्था सिर्जना हुने प्रक्षेपण गरेको छ । यसलाई अर्काे शब्दमा भन्दा आर्थिक विज्ञहरु पनि यो बर्ष आर्थिक मन्दी निम्तिने वा निम्तिएपछि कतिबेरसम्म जारी रहनेबारेको अनुमानमा एकमत हुन सकेका छैनन् । उनिहरु यदि आर्थिक मन्दी निम्तिए कस्तो प्रवृत्तिको निम्तिने भन्नेमा पनि एकिन छैनन् ।

यसपछि अर्काे एउटा प्रश्न पनि जन्मिएको छ, त्यो हो आर्थिक मन्दी कतिवेरसम्म रहन्छ ?

सारमा भन्दा आर्थिक मन्दी भनेको लगातार २ त्रैमाससम्म कुनै देशको कुल गार्हस्थ उत्पादनमा गिरावट आउनुलाई मानिन्छ । तर, यो परिभाषा नै आर्थिक मन्दीको भरपुर परिभाषा भने होईन ।

प्रत्येक देशका आर्थिक अनुसन्धान ब्युरोहरुले तथ्यांक विश्लेषण गर्ने क्रममा अर्थतन्त्रका धेरैजसो सुचकहरु ओरालो लागेको अवस्थामा आर्थिक मन्दीको घोषणा गर्छन् । अर्थात अर्थतन्त्रलाई प्रत्यक्ष असर गर्ने, ब्यापार, माग, आपुर्ति, भुक्तानीलगायतका आर्थिक सूचकहरु ओरालो लागेको खण्डमा वा संकुचन आएको खण्डमा आर्थिक मन्दीको उपमा दिन सकिने फोब्स बताउँछ ।
त्यस्ता तथ्यांक विश्लेषकहरुले खासगरी व्यक्तिगत आय, रोजगारीको अवस्था, खुद्रा व्यापार, औद्योगिक उत्पादन र कुल गार्हस्थ उत्पादनको उत्तारचढावलाई विश्लेषण गर्छन । तर, त्यस्ता विश्लेषकहरुले केहि सुचक ठिकै भएपनि अर्थतन्त्रका केहि मुख्य सुचकहरुमा मात्रै पनि गिरावट आए आर्थिक मन्दीको घोषणा गरिदिन सक्छन् ।

आर्थिक मन्दीका धेरै कारणहरु हुन सक्छन् । तर, तत्काल आएको आर्थिक असुन्तुलनले यसको प्रभाव निम्त्याउने बताईन्छ । धेरैजसो यस्तो अवस्थामा केन्द्रिय बैंकको मुख्य हात हुने फोब्र्सले उल्लेख गरेको छ । सन २०२० मा आएको छोटो समयको आर्थिक मन्दी पनि यसैको उदाहरण हो । जसका कारण धेरै अर्थतन्त्रहरु सटडाउन भए भने धेरैजसोले रोजगारी गुमाउनुपरेको थियो । सन २००८ मा पनिक घर कर्जामा आएको क्र्यासका कारण यो निम्तिएको बताईन्छ ।

यस्तै उपभोक्ताको खर्च घट्नु, साना व्यवसायको नाफामा गिरावट आउनु, वेरोजगारी सिर्जना हुनलाई पनि आर्थिक मन्दीको प्रभाव मान्न सकिन्छ । यी सबै प्रक्रियाहरु एकआपसमा परिपुरक हुन्छन् । जस्तै कुनै एक व्यक्तिले रोजगार गुमाएको अवस्थामा उसले बजारबाट वस्तु खरिद साविकको भन्दा कम गर्छ, उसको खर्च घट्छ भने बजारमा उत्पादित वस्तुको विक्री पनि घट्छ । यहि प्रक्रिया ठुलो संख्यामा भएको अवस्थामा आर्थिक मन्दी निम्तिन सक्ने अर्थविद्हरु बताउँछन् ।

नेपालकै कुरा गर्दा पनि राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार उपभोक्ता भुक्तानीमा एक महिनाकै अवधिमा ठुलो गिरावट आएको छ । जसले आर्थिक मन्दीको संकेत दिईसकेको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL