Logo

६ महिनामा राजस्व संकलन र खर्च परिचालनमा सरकार असफल, आम्दानीभन्दा खर्च साढे ८१ अर्ब बढी

६ महिनामा राजस्व संकलन र खर्च परिचालनमा सरकार असफल, आम्दानीभन्दा खर्च साढे ८१ अर्ब बढी



काठमाडौं । चालू आर्थिक बर्षको ६ महिना वितिसक्दा राजस्व संकलन र खर्च परिचालन दुवैमा सरकार कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्म सबै शीर्षकमा सरकारले ४ खर्ब ९४ अर्ब ८४ करोड रुपैयाँ मात्रै राजस्व उठाएको छ । यो कुल लक्ष्यको जम्मा ३३ दशमलव ९३ प्रतिशत मात्रै हो । सरकारले चालु आर्थिक बर्षको बजेवटमार्फत १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ राजस्व लक्ष्य राखेको थियो ।

laxmi

हालसम्म उठेको राजस्वमध्ये कर राजस्व लक्ष्यको ३१ प्रतिशत उठाउँदा गैरकर राजस्व ४९.४० प्रतिशत उठाएको महालेखाको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार यस अवधिमा सरकारले कर राजस्वमार्फत ४ खबै ५ अर्ब २६ करोड रुपैयाँ उठाउँदा गैरकरतर्फ ५३ अर्ब ७१ करोड रुपैयाँ गरी कुल ४ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ राजस्व उठाएको हो । यस्तै यस अवधिमा विभिन्न दातृ निकायबाट सरकारले ४ अर्ब ८० करोड रुपैयाँ प्राप्त गर्दा अन्य बीलमार्फत ३१ अर्ब बढि उठाएको छ ।

यता खर्चतर्फ भने सरकार लक्ष्यमा नाजुक देखिन्छ । पुस मसान्तसम्म अर्थात शनिबारसम्म सरकारले ५ खर्ब ७६ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ । यो सरकारको कुल बजेटको जम्मा ३२ दशमलव १३ प्रतिशत मात्रै हो । अर्थात सरकराले चालू आर्थिक बर्ष १७ खबै ८३ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । त्यसमध्ये पनि आधा आर्थिक बर्ष वित्दा विकास खर्च लक्ष्यको जम्मा १४ प्रतिशत मात्रै भएको छ । महालेखाको तथ्यांक अनुसार सरकराले चालु आवको पुस मसान्तसम्म ५३ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ खर्च गरेको हो । जवकी यो आवभरी सरकारले ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बराबर पूँजीगत खर्चको लक्ष्य राखेको थियो ।

यता सरकारको प्रशासनिक खर्च अर्थात चालू खर्च भने आधा बर्षमा लक्ष्यको ३८.४६ प्रतिशत भएको छ । महालेखाका अनुसार पुस मसान्तसम्म सरकारले चालू खर्च शिर्षकमा ४ खर्ब ५५ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको हो । यस्तै यस अवधिमा वित्तीय व्यवस्थामार्फत सरकारले ६७ अर्व ७६ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ । यो पनि कुल लक्ष्यको जम्मा २९ प्रतिशत हुन आउँछ ।

राजस्वभन्दा खर्च धेरै

चालु आवको पहिलो मध्यावधिसम्म आईपुग्दा सरकारको राजस्व खाताभन्दा खर्च खाता बढि देखिएको छ । महालेखा निरिक्षक कार्यालयको तथ्यांक अनुसार यस अवधिसम्म आईपुग्दा सरकारले ४ खर्ब ९४ अर्ब ८४ करोड रुपैयाँ राजस्व आम्दानी गर्दा खर्च ५ खर्ब ७६ अर्ब ३४ करोड रुपैयाँ बढि छ । यो कुल उठेको राजस्वको तुलनामा ८१ अर्ब ५० करोड १६ लाख रुपैयाँले बढी हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL