Logo

राष्ट्र बैंकको आयात निरुत्साहन नीतिले सोधनान्तर स्थितिमा सुधार, विदेशी मुद्रा संचिती बढ्दै

राष्ट्र बैंकको आयात निरुत्साहन नीतिले सोधनान्तर स्थितिमा सुधार, विदेशी मुद्रा संचिती बढ्दै



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चौमासमा शोधनान्तर स्थिती २० अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको छ । लगाता १४ महिना शोधनान्तर स्थिती उच्च घाटामा रहेकोमा गत असोज महिनादेखि बचतमा देखिन थालेको हो ।

laxmi

देशको शोधनान्तर स्थिती उच्च घाटामा जान थालेसँगै सरकार र राष्ट्र बैंक दुबैले आयातलाई निरुत्साहित गर्नुका साथै केही बस्तुमा रोकनै लगाएको थियो । जसका कारण पछिल्लो समय देशको शोधनान्तर स्थिती लामो समयपछि बचतमा देखिएको छ ।

सरकारले कतिपय बस्तुलाई आयातमा पूर्ण बन्देज लगाएको थियो भने राष्ट्र बैंकले आयात कोड तोकेर नगद मार्जिनको व्यवस्था गरेको थियो । जसका कारण आयातमा घट्न गई देशको शोधनान्तर स्थितीमा सुधार आएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यसैगरी विदेशी मुद्रा संचितीमा पनि सामान्य सुधार आएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा हाल २।५ प्रतिशतले वृद्धि भई २०७९ कात्तिक मसान्तमा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

चालू आबको पहिलो चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९।७ महिनाको वस्तु आयात र ८।४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL