Logo

मस्कलाई उछिनेर अर्नाल्ट केही समय संसारको सबैभन्दा धनी बने, सेयरको गिरावट पछि फेरि दोस्रो स्थानमा खस्किए

मस्कलाई उछिनेर अर्नाल्ट केही समय संसारको सबैभन्दा धनी बने, सेयरको गिरावट पछि फेरि दोस्रो स्थानमा खस्किए



काठमाडौं । टेस्लाका सीईओ एलोन मस्कले विश्वको सबैभन्दा धनी व्यापारीको उपाधि केही समयमै गुमाए । फोर्ब्सका अनुसार उनलाई लक्जरी ब्रान्ड लुइस भिटनको मूल कम्पनीका प्रमुख कार्यकारी बर्नार्ड अर्नाल्टले १८५.३ बिलियन डलरको कुल सम्पत्तिको साथ उछिनेक थिए । तर, स्टकमा आएको गिरावटका कारण केही समयपछि उनको कुल सम्पत्ति घट्यो र उनी फेरि दोस्रो स्थानमा खस्किए ।

बिहीबार बिहान अर्नाल्टको कुल सम्पत्ति १८४.७ बिलियन डलर थियो। एलोन मस्कको कुल सम्पत्ति १८५.४ बिलियन डलर छ। टेस्लाको शेयरमा भएको वृद्धिपछि मस्क नोभेम्बर २०२१ मा विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । उनले अमेजनका संस्थापक जेफ बेजोसलाई हराएर यो स्थान हासिल गरेका हुन् ।

मस्कको कुल सम्पत्तिमा भारी गिरावट

एलन मस्कको कुल सम्पत्तिमा ट्विटर सम्झौता पछि गिरावट आएको छ। नोभेम्बर ८ मा, मस्कको कुल सम्पत्ति २०० बिलियन डलरभन्दा तल झर्यो। यस बाहेक टेस्लाले चीनमा कोरोना प्रतिबन्धका कारण पनि धेरै चुनौतीहरूको सामना गरिरहेको छ। टेस्लाका लागि अमेरिकापछि चीन दोस्रो ठूलो बजार हो।

बर्नार्ड अर्नाल्ट को हुन ?

बर्नार्ड अर्नाल्टलाई आधुनिक लक्जरी फेसन उद्योगको गडफादर मानिन्छ। उनी विश्वको सबैभन्दा ठूलो फेसन समूह लुइस विटन मोएट हेनेसीको संस्थापक, अध्यक्ष र सबैभन्दा ठूलो शेयरधनी हुन् । बर्नार्ड अर्नाल्टको समूह लुइस भिटन बजार क्यापको हिसाबले आफ्नो निकटतम प्रतिद्वन्द्वी केरिङभन्दा झण्डै चार गुणा ठूलो छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This