Logo

बैंकको कार्डबाटै भिसा शुल्क तिर्न सकिने, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था

बैंकको कार्डबाटै भिसा शुल्क तिर्न सकिने, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था



काठमाडौं । अब कुनै देशको भिसा आवेदनका लागि डलर कार्ड वा अन्य कार्डबाटै भिसा शुल्क तिर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार विदेशी विनिमय कारोबार सम्बन्धी एकिकृत परिपत्र संशोधन गर्दै यस्तो व्यवस्था गर्न बैंकहरुलाई निर्देशन गरेको हो ।

laxmi

उक्त परिपत्रमा कुनै नेपाली नागरिकले कुनै देशको लागि ई भिसा प्रणालीमार्फत भिसाको आवेदन दिएर पैसा तिर्नुपर्दा सिधै प्रिपेड कार्ड, डेबिट, क्रेडिट तथा डलरकार्डमार्फत पैसा तिर्न सकिने व्यवस्था गर्न क र ख वर्गका बैंकलाई निर्दैशन दिईएको हो ।

‘ई भिसा अन्तर्गत भिसा आवेदक नेपालीले ई भिसा प्रणालीमा तोकिएबमोजिम शुल्क भुक्तानी आफ्नो नाममा जारी भएका विदेशी मुद्राको विद्युतीय कार्डबाट गर्न चाहेमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउनु पर्नेछ,’ परिपत्रमा भनिएको छ । तर त्यसका लागि पनि तोकिएको रकमको सिमा लागु हुने बताईएको छ ।

यस्तै परिपत्रमा यस्तो व्यवस्था सम्बन्धित मुलुकले तोकिएका संस्थाले पनि गर्न सकिने बताईएको छ । तर, त्यसको लागि सम्बन्धित मुलकको दूतावासको पत्र भने आवश्यक हुनेछ ।

यस्तै त्यस्तो व्यवस्था दिन चाहने संस्थाले त्यस्तो कार्ड जारी गर्दा अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाईने व्यवस्था गर्न भनिएको छ । यसअघि भिसा आवेदनको लागि भौतिक रुपमै उपस्थित भएरै पैसा तिर्नुपर्ने व्यवस्था थियो । अब भने ई भिसाको आवेदन दिँदा भिसा शुल्क कार्डको प्रयोग गरी अनलाइनबाटै तिर्न सकिने व्यवस्था नेपाली बैंकहरुले गर्न पाउने छन् ।

यस्तो शुल्क नेपाली बैंकको कार्डमार्फत सम्बन्धित देशको दूतावासको डलर खाताव वा तोकिएको विदेशी बैंकमा जम्मा हुने व्यवस्था मिलाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL