Logo

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा राइन नदीमा पानी अभावको प्रभाव : आर्थिक र विद्युत आपूर्तिमा जोखिम, मुद्रास्फीति चरम सीमामा

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा राइन नदीमा पानी अभावको प्रभाव : आर्थिक र विद्युत आपूर्तिमा जोखिम, मुद्रास्फीति चरम सीमामा



काठमाडौं । जर्मनी युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो । तर, ग्यास संकटका कारण अहिले त्यहाँको अवस्था राम्रो छैन । त्यसमाथि राइन नदीमा पानीको अभावले समस्या थपिएको छ । कतिपय क्षेत्रमा पानीको सतह निकै तल झरेको छ ।

laxmi

यसले देशबाट सबैभन्दा महत्वपूर्ण अन्तरदेशीय जलमार्गमा जहाजको आवतजावतमा असर गरेको छ । केही महिनायता कम वर्षाका कारण नदीमा पानीको सतह ह्वात्तै घटेको छ । जसका कारण कार्गो जहाजले कम सामान ओसारपसार गरिरहेका छन् । यसले ढुवानी खर्च बढेको छ । भने आर्थिक र विद्युत आपूर्ति जोखिम बढेको छ ।

जर्मनीको फेडरल इन्स्टिच्युट अफ हाइड्रोलोजीले फ्रान्कफर्टको पश्चिममा रहेको काउब गेजमा पानीको प्रवाह औसत स्तरको ४५ प्रतिशतमा झरेकोे गत महिना चेतावनी दिएको थियो । जसका कारण जहाजको आवतजावतमा बारम्बार असर परिरहेको छ । आगामी दिनमा अझै घट्ने सम्भावना छ । सन् २०१८ द्दण्ज्ञड मा जहाजको आवतजावत बन्द हुँदा यस्तै अवस्था थियो । जसका कारण जर्मनीको आर्थिक वृद्धिदर ०.२ प्रतिशतले घटेको थियो ।

अर्थतन्त्रमा धक्का

ग्यास सङ्कटको तुलनामा राइन नदीको समस्या मुलुकका उद्योगधन्दाका लागि सानो समस्या भए पनि आगामी दिनमा यसले विकराल रुप लिन सक्ने विज्ञहरू बताउँछन् । यदि डिसेम्बरसम्म पानीको सतह कम रह्यो भने यसले अर्थतन्त्रमा ०.२ प्रतिशतले असर पार्न सक्छ । एकै समयमा, मुद्रास्फीति पनि बढ्न सक्छ । यसले जर्मनीको सबैभन्दा महत्त्वपूर्ण उत्पादन क्षेत्रलाई ठूलो धक्का दिन सक्छ । एक महिनासम्म नदीमा पानीको बहाव कम भए मुलुकको औद्योगिक उत्पादनमा एक प्रतिशतले गिरावट आउने विज्ञहरू बताउँछन् ।

हाल, देशको ढुवानी प्राधिकरणले राइनमा पानीको सतह कम भएका कारण यातायातमा कुनै प्रतिबन्ध लगाएको छैन । तर, जलमार्ग एजेन्सीका प्रवक्ताले जहाजले भाडा थप घटाउनुपर्ने भए यो रुट उनीहरुका लागि फाइदाजनक नहुने बताए । युरोपका ठूला भागहरू तातो लहर र खडेरीको चपेटामा छन् ।

लन्डनमा टेम्स नदीको मुहान सुक्यो र पाँच माइल पछि हट्यो । फ्रान्समा बढ्दो तापक्रमका कारण केही पावर प्लान्टको काम प्रभावित भएको छ । इटालीको उत्तरी क्षेत्रका किसानहरूले ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेका छन् । यसले बाली उत्पादनमा असर गरेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL