Logo

विदेशबाट धेरै रेमिटयान्स भित्र्याउनेमा भारत पहिलो, सन् २०२१ मा भित्र्यायो ८७ अर्ब डलर

विदेशबाट धेरै रेमिटयान्स भित्र्याउनेमा भारत पहिलो, सन् २०२१ मा भित्र्यायो ८७ अर्ब डलर



काठमाडां । भारतले सन् २०२१ मा विदेशबाट ८७ अर्ब डलरको रेमिटयान्स प्राप्त गरेको छ र यो मामिलामा शीर्ष स्थानमा रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।

laxmi

विदेशबाट डलरमा रेमिटयान्स प्राप्त गर्ने शीर्ष पाँच देशमा भारत, चीन, मेक्सिको, फिलिपिन्स र इजिप्ट रहेका छन् । शरणार्थी र आप्रवासी सम्बन्धी डब्लुएचओको पहिलो प्रतिवेदनले आज विश्वमा प्रत्येक आठ जनामध्ये एक जना अर्थात् करिब एक अर्ब आप्रवासी रहेको बताएको छ।

प्रतिवेदनका अनुसार सन् २०२१ मा ८७ अर्ब डलरको साथ भारत न्यून र मध्यम आय भएका देशहरूको श्रेणीमा शीर्ष स्थानमा छ। चीन र मेक्सिकोले ५३ अर्ब डलर, फिलिपिन्सले ३६ अर्ब डलर र इजिप्टले ३३ अर्ब डलर प्राप्त गरेका छन् ।

स्रोतका हिसाबले अमेरिका सबैभन्दा ठूलो रेमिट्यान्सको स्रोत रह्यो । त्यसपछि संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र स्विट्जरल्याण्ड रहेका छन् ।

‘यो वर्ष पनि रेमिट्यान्स राम्रो हुने अपेक्षा गरिएको छ, तर कोभिड-१९ संकटका कारण चुनौतीहरू छन्’, प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनले रेमिट्यान्सले आप्रवासीहरू साथै तिनीहरूका परिवार को लागि महत्वपूर्ण र सकारात्मक आर्थिक परिणामहरू प्राप्त भएको पनि उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL