Logo

अर्थले सच्यायो बजेटको ७२ नम्बर बुँदा, बार्षिक १० करोडभन्दा बढीको बिजुली खपत गर्नेलाई १५ प्रतिशतसम्म छुट

अर्थले सच्यायो बजेटको ७२ नम्बर बुँदा, बार्षिक १० करोडभन्दा बढीको बिजुली खपत गर्नेलाई १५ प्रतिशतसम्म छुट



काठमाडौं । अर्थ मन्त्रालयले बजेटको ७२ नम्बर बुँदा सच्याएको छ । आईतबार बजेट प्रस्तुत गर्दा मासिक १० करोड रुपैयाँ बराबरको विजुली खपत गर्ने उद्योगलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने उल्लेख थियो ।

laxmi

मन्त्रालयले उक्त बुँदामा टाईप मिस्टेकका कारण बार्षिक हुनुपर्ने ठाउँमा मासिक भएको जानकारी दिएको छ । अब यो बुँदालाई सच्याउँदै मन्त्तालयले बार्षिक १० करोड रुपैयाँ बराबरको विजुली खपत गर्नेलाई १५ प्रतिशतसम्म छुट दिने बताएको हो ।

सरकारले उत्पादन र निकासीको आधारमा कार्यबिधी बनाएर २ देखि १५ प्रतिशतसम्म छुट दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL