Logo

अर्थमन्त्री शर्माको उद्घोष–पूँजीबजारलाई उत्साहित बनाउँछौं, भन्छन्–मलाई अनुहार र जात हैन काम चाहिन्छ

अर्थमन्त्री शर्माको उद्घोष–पूँजीबजारलाई उत्साहित बनाउँछौं, भन्छन्–मलाई अनुहार र जात हैन काम चाहिन्छ



काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारलाई उत्साहित बनाउन सरकारको ध्यान केन्द्रित हुने बताएका छन् । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् । साथै उनले थप लगानीको अवसर सिर्जना गर्न समेत सरकारको ध्यान केन्द्रित हुने बताए । तर त्यसको लागि प्रतिवद्धता, पारदर्शिता र इमान्दारिता चाहिने उनको भनाई थियो । 

आफूलाई कसैको अनुहारभन्दा पनि काम चाहिने भन्दै कर्मचारीलाई सोही अनुरूप अघि बढ्न निर्देशन दिएका छन् । सरकारको कामलाई पारदर्शी बनाई जवाफदेही भएर आफ्नो क्षेत्रमा दक्षता पूर्वक काम गर्न समेत उनले निर्देशन दिएका छन् । 

साथै उनले भने पूँजीगत खर्च वृद्धि गर्दै व्यापार घाटा न्यूनिकरण गर्ने गरी काम गर्न समेत कर्मचारीलाई निर्देशन दिएका छन् । व्यापार घाटा न्यूनिकरणका लागि अभियान नै संचालन गर्ने भन्दै त्यसका लागि सबैको साथ र समर्थन आवश्यक रहने बताए । साथै देशमा रहेको गरिबी न्यूनिकरणका लागि ठोस कार्ययोजना ल्याउने समेत बताएका छन् । 

यसैगरी देशमा व्याप्त कोरोना न्यूनिकरणका लागि आवश्यक स्रोत साधन परिचालन र व्यवस्थापन अहिलेको चुनौती रहेको समेत उनको भनाई थियो । नेपालको कमजोर आर्थिक अवस्थाका कारण आर्थिक वृद्धिदर समेत रहेको भन्दै त्यसलाई उकास्न सरकार लागिपर्ने बताए । ‘सरकारको आम्दानीले खर्च धान्न सक्ने अवस्था छैन भने खर्च गर्ने स्रोतको उपलब्धता समेत समयमै जुटाउन कठिन छ,’ उनले भने, ‘साथै असारको अन्तिममा आएर पूँजीगत खर्च बढि हुने प्रचलनलाई समेत रोक्नु जरुरी छ ।’ 

प्रतिक्रिया दिनुहोस्
MBL